Skip to content

बिराटनगर साखाले मनायो आइक्यानको २०औं स्थापना दिवस

  • सिए सरोकार सम्बाददाता 

आइक्यानको २० औं स्थापना दिवसको अवसरमा बिराटनगरमा एक विशेष कार्यक्रम गरिएको छ । आइक्यानको स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सिए अध्ययनरत विद्यार्थी, तथा आइक्यानका प्रतिनिधिहरुको उपस्थिति थियो भने आइक्यानको इतिहासका बारेमा समेत चर्चा गरिएको थियो । 

कार्यक्रममा आइक्यान बिराटनगरका तर्फबाट सिए अश्विनी बंसलले बोलेका थिए भने मोहन सुबेदीले पनि आइक्यानको २० औं बर्षगांठका बारेमा आफ्नो धारणा राखेका थिए । आइक्यानको स्थापना दिवस काठमाडौँमा भने यहि ३१ जनवरीका दिन एक विशेष कार्यक्रम गरेर मनाइदैछ । मोफसलका साखाहरुमध्ये बिराटनगरलाइ सबैभन्दा ‘एक्टिभ’ साखाका रुपमा लिइने गरिन्छ ।  

प्रतिक्रिया दिनुहोस्