Skip to content

सिए सरोकार समाचार प्रभाव : आइक्यानले आफ्नो वेवसाइटमा राखेको झुटो विवरण सच्यायो…

  • सिए सरोकार सम्बाददाता

काठमाडौँ । आइक्यानकै वेव साइटमा नै सिए कोर्षका बारे झुटो विवरण उल्लेख भएको समाचार सिए सरोकार डटकमले सार्वजनिक गरेपछि आइक्यानले उक्त झुटो विवरण सच्याएको छ । आइक्यानको वेबसाइटमा क्याप वानको कोर्ष विवरणलाई लिएर झुटो विवरण उल्लेख गरिएको पाइएको थियो । सिए सरोकारले यसबारे समाचार प्रकाशन गरेलगत्तै आइक्यानले उक्त विवरण सच्याएको हो । 

आइक्यानको वेव साइटमा क्याप वानको अवधि १ बर्षको भन्ने उल्लेख गरिएको थियो । जवकी क्याप वानको अवधि १ बर्षको हुँदैन । बर्षौंदेखि आइक्यानको वेवसाइटमा विभिन्न खालका झुटा विवरण उल्लेख हुँदै आएका छन् । जसले गर्दा विद्यार्थीहरु पटक पटक झुक्किने गरेका छन् । यसपटक भने आइक्यानले आफ्नो विवरण सच्याएर क्याप वान ६ महिनाको हुने उल्लेख गरेर आफ्नो गल्ती सच्याएको छ ।
https://www.casarokar.com/2021/01/ICAN-7-.html

प्रतिक्रिया दिनुहोस्