Skip to content

आफ्नो नाम दर्ता गर्नुभयो ? २० र २१ मा हुँदैछ लेखा व्यवसायीहरुको ऐतिहासिक राष्ट्रिय सम्मेलन…

काठमाडौँ । नेपालमै पहिलोपटक हुन लागेको लेखाव्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपालमा लेखा व्यवसायीहरुलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा यहि बैसाख २० र २१ गते दुई दिनगरी आयोजना हुन लागेको सो सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आइक्यानले जनाएको छ । 

झन्डै १००० बढी लेखा व्यवसायीहरु एकै ठाउँमा भेला हुने सो कार्यक्रम कमलादी, काठमाडौँस्थित नेपाल एकेडेमीमा हुन लाग्दैछ । विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुसँग खास बहसको कार्यक्रम सम्पन्न हुने सो कार्यक्रममा १००० बढी सहभागीसँगै विभिन सरोकारवाला निकायका अधिकारीहरुकोसमेत उपस्थिति हुनेछ । दुई दिन सम्पन्न हुने सो कार्यक्रममा सहभागी हुन https://classregister.ican.org.np/mptrf मा क्लिक गर्न सकिनेछ ।
आइक्यानको भूमिकाबारे सरोकारवाला सबैलाई बुझाउन नेपालमै पहिलोपटक यस्तो सम्मेलन हुन लागेको हो । आइक्यानका अनुसार अव हरेक बर्ष यस्तै कार्यक्रम गर्ने योजना आइक्यानले बनाएको छ । ‘यो पहिलो राष्ट्रिय सम्मेलन हो । हामी हरेक बर्ष कार्यक्रम गर्ने तयारीमा छौं । पहिलो सम्मेलन भएकाले यसको खास महत्व छ । यो सम्मेलनले विभिन्न सरोकारवालाहरुलाई आइक्यानको भूमिका र महत्वबारे बुझाउन सक्छौँ भन्ने विषयमा हामी विश्वस्त छौं ।’ सिए सरोकारसँग कुराकानी गर्दै आइक्यान अध्यक्षले भने, ‘अहिलेसम्मकै पहिलो भएकोले यो सम्मलेन सबैका लागि विशेष हुनेछ । सो कार्यक्रममा हुने विभिन्न खाले बहसले हामी आइक्यानलाई आम जनतामाझ पुर्याउन सक्छौं भन्ने विश्वासमा छौँ । यसका लागि सम्पूर्ण तयारी सकिएको छ । अव हामी विशेष दिनको पर्खाईमा छौँ  ।’
सो कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायबाट विशेष प्रतिनिधिहरुको सहभागीता हुनेछ भने आइक्यान र सम्बन्धित निकायको सम्बन्ध, र भूमिकाबारे पनि कार्यक्रममा खास चर्चा हुनेछ । कार्यक्रममा मह जोडी अभिनित सिएसम्बन्धि टेलि चलचित्रको पनि प्रिमियर हुँदैछ ।
सो कार्यक्रममा सहभागी हुनका लागि बैसाख १६ गतेसम्म दर्ता हुनेका लागि कर्पोरेट सहभागीहरुको हकमा प्रतिव्यक्ति ५ हजार रुपैयाँ, आइक्यानको सदस्यको हकमा ३५०० र आइक्यानका विद्यार्थीको हकमा २००० शुल्क तोकिएको छ भने बैसाख १६ पछाडी दर्ता हुनेहरुलाई क्रमश: ६०००, ४०० र २५०० रुपैयाँ शुल्क तोकिएको छ । बैसाख १६ गतेपछाडी लगातार विदा परेकाले कर्पोरेट सहभागीहरुले १६ गतेसम्म नै दर्ता हुनुपर्ने देखिएको छ ।
कार्यक्रमको तयारी सकिएपनि थप व्यवस्थापनका काममा आइक्यानका कर्मचारीहरु डटेर लागिरहेका छन् । सिए सरोकार डटकममा सो कार्यक्रमको खास कभरेज हुनेछ  । 

प्रतिक्रिया दिनुहोस्