Skip to content

चाटर्ड एकाउन्टेन्टहरुसँग अर्थमन्त्रीको कटाक्षः फ्रड फर्मको अकाउन्ट ठिक छ भनेर लेख्न मिल्छ ? (भिडियो रिपोर्ट)

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले मूल्य मान्यताभन्दा बाहिर गएर नक्कली कम्पनीको लेखापरीक्षण नगर्न लेखा परीक्षकलाई आग्रह गरेका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयक राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 
‘फ्रड फर्म दर्ता हुने, त्यसको ब्यालेन्ससिट बन्ने, त्यसैको अडिट हुने तर गल्ती कसको हुने भन्नेमा अन्योलता देखिएको छ। एकाउन्ट हेर्दा सबै ठीकै छ। अडिटर जानुहुन्छ, मैले जाने बुझे अनुसार सबै विवरण ठिक छ भन्नुहुन्छ, सही गर्नुहुन्छ, त्यसको फ्रड जरैबाट हुने गरेको छ।’ कार्यक्रममा मन्तव्यका क्रममा उनले भने। विद्यमान अन्यौलताको अन्त्य गर्न कतिपय कानुन बनिसकेको उनले बताए ।  हेर्नुहोस् भिडियो रिपोर्ट

प्रतिक्रिया दिनुहोस्