ICAI बाट उतिर्ण सिएहरुले पनि अब देखी CAP III को TAX र LAW* बिषयको परिक्षा उत्तिण गरेर मात्रै आइक्यान को सदस्यता पाउने

ICAI अन्तर्गत भारत बाट सिए उतिर्ण गरी नेपालमा आइ काम गर्न खोज्ने सिएहरुका लागि अब
आइक्यान ले नेपाली बिधार्थी सरह TAX र LAW को परिक्षा लिने भएको छ । हालसालै बसेको काउन्सिलको निर्णय अनुसार अब भारत बाट आउने सिएहरुले नेपाली बिधार्थी सँगै बसेर TAX र LAW को एउटै प्रश्नपत्रमा CAP III को परिक्षा दिनु पर्ने भएको छ । यस भन्दा अगी छुट्टै (MEMBERSHIP) परिक्षा हुँदै आएकोमा अब देखी भारतीय सिएहरुले पनि नेपालका बिधार्थी (CAP III) सँगै बसेर TAX र LAW को परिक्षा दिनु पर्ने छ । यस बाहेक पहिला एउटा एउटा बिषय गरी परिक्षा उतिर्ण गरे हुने नियमलाई परिवर्तन गरी अब TAX र LAW को परिक्षा मध्य कुनै एक मा बिद्यार्थी फेल भये फेरी दुबै बिषयको परिक्षा दिनु पर्ने नियम ल्याएको छ । यध्यपी उतिर्ण अंक भने ४० नै यथावोत राखिएको छ ।साथै 2 वोटा बिषयको परिक्षा दिनुलाई CAP III नै दिएको तर ६ वोटा बिषयको EXEMPTION भन्दै आइक्यान ले परिक्षा सुल्क स्वरुप प्रती बिधार्थी १८००० समेत लिने भएको छ । यसबाट भारत बाट उतिर्ण गरेर आएका सिएहरुलाई केही गार्हो महसुस हुने अड्कल काटिएको छ ।
निर्णय स्वागतयोग्य : नेपाली बिधार्थी :
नेपाल मा रही सिए अध्ययन गरिरहेका बिधार्थीहरुले आइक्यानको यो निर्णय ढिलै भये पनि स्वागतयोग्य भएको बताएका छन । पछील्लो समय आफ्ना बिधार्थीलाई अपहेलना गरेको आरोप खेपिरहेको आइक्यानले गरेको यो निर्णय भने नेपाली बिद्यार्थीको पक्षमा रहेको धेरैले बताएका छन । हरेक बर्ष सयौ को सन्ख्यामा भारतबाट आउने सिएहरुलाई नेपाली बिधार्थी सँगै परिक्षा दिदा आइक्यान को गुणस्तर थाहा हुने र आइक्यान का बिद्यार्थीले कस्तो प्रश्न पत्र मा परिक्षा दिन्छन भन्ने कुरा थाहा हुने बिद्यार्थी हरु बताउछन ।
आइक्यानको यो निर्णय सँगै अब भारतीय बोर्ड मा अध्ययन गरेका सिएहरुको ICAN को परिक्षा माउतिर्ण सन्ख्या निकै काम हुने अड्कल काटिएको छ ।
गार्हो हुने भयो : भारतीय बोर्डका नेपाली बिधार्थी
ICAI अन्तर्गत सिए अध्ययन गरिरहेका नेपाली बिद्यार्थीले भने आइक्यान को निर्णयले आफुहरुलाई निकै गार्हो बनाएको भनाइ राखेका छन । उनिहरुले पछील्लो समय भारतीय बोर्डका बिधार्थी हरुलाई नेपालमा राम्रो मौका नहुनु, आइक्यान ले नेपाली बिद्यार्थी लाई बढी प्रातमिकतामा राख्नु र नेपालमा रहेका फर्म, बित्तिय संस्था र अन्य संस्थाहरुले पनि नेपाली सिए नै खोज्ने प्रब्रिती बढ्दै जादा भारत बाट सिए अध्ययन सकी नेपाल मा काम गर्न खोज्ने बिद्यार्थीलाई निकै गार्हो भएको बिचार ब्यक्त गरेका छन । ” न नेपालमा हामीलाई राम्रो मौका छ, न भारतीय बोर्ड लाई राम्रो मानिन्छ, धेरैले डमी बोर्ड भनेर चिन्न थालइसके, अब त सदस्यता लिन पनि नेपालका बिधार्थी सँग परिक्षा दिने पर्ने भो” भारत मा रही सिए फाईनल गरिरहेका एक बिधार्थी भन्छन ।
नेपाली बिधार्थीका मागहरु सम्बोधन हुँदै
केही समय अघी बिभिन मागहरु आइक्यान सँग राखेको नेपाली बिधार्थीका माग हरु एक एक गर्दै पुरा भईरहेको बिस्लेसण हुन थालएको छ । भारतीय बोर्ड बाट आउने बिधार्थिलाई नेपालको सदस्यता लिन सजिलो बनाएका कारण ले नेपाली बिधार्थी लाई केही गार्हो भएको महसुस गर्दै यस बारेमा सोच्न आग्रह गर्दै नेपाली बिधार्थी ले बिभिन्न माग शहीत आइक्यान लाई पत्र बुझाएका थिए । यस अगी पनि वेब साईट मा बिद्यार्थी को MARK SHEET राख्नु पर्ने नेपाली बिधार्थीको माग आइक्यानले पुरा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्