- रोशन कुमार यादव
भारत- भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूको छाता सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहद्वारा (HNSG) आफ्नो वार्षिक स्मारिका ‘द भ्वाइस अफ एभेरेष्ट’को १७औँ संस्करण आइतबार लक्ष्मीनगरमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।
कार्यक्रममा विशिष्ट अथितिका रुपमा नेपाली दुतावासका सांस्कृतिक प्रमुख होमनाथ लुइँटेलको उपस्थिति थियो भने विशेष अथितिका रुपमा सामाजिक अभियनता एवम् नेतृ रञ्जु दर्शना, आई.सी.ए.आई. का केन्द्रिय परिषद् का सदस्य सी.ए. हंशराज चुग, नमित अरोरा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
स्मारिकामा हातेमालोका सदस्यहरु तथा शुभ चिन्तकहरुको पेशागत, आर्थिक, स्वास्थ्य, कृषि, खेलकुद, प्रेरणादायक, संदेशमुलक तथा साहित्य लेख रचनाहरु समेटी एक उत्कृष्ट स्मारिका १० औँ कार्यकालको गहनाका रुपमा प्रकाशन गरिएको हो । कार्यक्रममा स्वागत संस्थाका सदस्य सन्देश न्यौपाने ले गरेका थिए भने संचालन कार्यकारी सदस्य समीर भट्टराई र सुमित सिटौला ले गरेका थिए ।
स्मारिका र कार्यक्रम संयोजक रोशन यादवले स्मारिका बनाउदा का क्षणहरु सम्झदै सबै सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै पुस्तकमा कुनै कमी कमजोरी भए औल्याईदिन अनुरोध गरेका थिए । उक्त स्मारिका यो वर्षबाट संस्थाको वेब-साइट https://www.ourhnsg.org/e-journal.html बाट पढ्न मिल्ने व्यवस्था मिलाइएको संस्थाका सचिव समेत रहेका संयोजक यादव ले बताए ।
स्मारिकाको बारेमा बोल्दै प्रमुख सल्लाहकार आयुस्मा अर्यालले ‘दि भ्वाईस अफ एभरेष्ट’ को प्रशंसा गरिन् । कार्यक्रममा भर्खरै सि.ए. आ.इ.पि.सि.सि र सि.ए. फाइनल उतिर्ण भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने १०औँ कार्यकालको लागि सहयोगी सदस्यहरुको चयन पनि गरिएको थियो । ८औँ कार्यकालको अध्यक्ष सरोज सापकोटाले सि.ए. आ.इ.पि.सि.सि उतिर्ण विद्यार्थीहरुलाई प्रवासमा बस्दा र अगाडी को पढाईमा आउन सक्ने कठिनाईहरुप्रति मार्ग निर्देशन गरेका थिए । उक्त कार्यक्रममा मनोरन्जनको लागि नेपाली गायन र कविताहरुको वाचन गरिएको थियो।
संस्थाका अध्यक्ष सरोज सुबेदीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै हातेमालो विद्यार्थी समुह सदैव विद्यार्थी हकहितको प्रवर्धन गर्दै आएको र आगामी दिनहरुमा यसलाई निरन्तरता दिदै अरु थुप्रै नया विद्यार्थी कल्याण लक्षित कार्यक्रम ल्याउने प्रतिबध्ता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्