Skip to content

आइक्यान अध्यक्षले गलत बुझाए कि पत्रकारले गलत बुझे ? बुझ्ने र बुझाउनेको संयोजन नमिल्दा जनतामा भ्रम (२० गल्तीको सुची सहित)

आइक्यान अध्यक्ष प्रकाश लम्साललाई ‘कोट’ गर्दै हिमालय टेलिभिजनले एक कार्यक्रममा सिएको कोचिङ पढाउने संस्थाहरुबारे रिपोर्ट प्रस्तुत गर्यो । तर आइक्यान अध्यक्षले गलत बुझाए वा पत्रकारले गलत बुझे, जनतामाझ भ्रम फैलिएको गुनासो आएको छ । काठमाडौँका विभिन्न कोचिङ पढाउने संस्थाहरुले टेलिभिजनले बोलेका कतिपय कुराहरुले जनतामा भ्रम पुगेको आरोप लगाएका छन् भने आइक्यानकै काउन्सिलकै कतिपय सदश्यहरुले समेत टेलिभिजनले गलत रिपोर्ट पेश गरेको बताएका छन् ।
उक्त कार्यक्रममा आइक्यान अध्यक्षलाई ‘कोट’ गरिएको छ । आइक्यान स्रोत भन्छ, ‘हामी पत्रकारले गलत बुझेका हुन् वा आइक्यान अध्यक्षले गलत बुझाएका हुन् भन्ने कुरा बुझ्दैछौँ । त्यसपछि प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने हो वा आइक्यान अध्यक्षमाथि स्पष्टिकरण लिनुपर्ने हो, त्यो प्रक्रिया अगाडी बढ्छ ।’
के के गलत बोलियो उक्त रिपोर्टमा ?
विभिन्न सिए कोचिङ संस्थाका प्रतिनिधि र आइक्यान स्रोतका अनुसार हिमालय टेलिभिजनको उक्त कार्यक्रममा निम्नानुसारका गलत कुराहरु प्रस्तुत गरिएको छ :
  •  टेलिभिजन कार्यक्रमको ०:५३ को टाइम ल्याप्समा भनिएको छ, ‘सिएको तयारी कक्षा संचालन गर्न सम्बन्धनको आवश्यक हुन्छ ।’ जुन सरासर गलत हो । कोचिङ कक्षा चलाउन आइक्यानको सम्बन्धन आवश्यक छैन । संस्थाले  स्व:ऐक्षिक रुपमा आइक्यानमा सम्बन्धन  लिने सक्ने हो । आइक्यानको कुनै पनि नियमले त्यसलाई बध्यात्कारी भनेको छैन । तर त्यहि सम्बन्धन नलिएको भन्दै टेलिभिजनले कतिपय कोचिङ सेन्टरले ‘ठगी’ गरेको उल्लेख  छ । यस बिषयमा सिए सरोकारले सोधेको प्रश्नको उत्तर दिंदै आइक्यानका अधिकांस काउन्सिल सदस्यले सम्बन्धन लिनु बाध्यात्कारी नभई ‘स्व:ऐक्षिक’ भएको स्पष्ट पारेका छन् ।
  • टेलिभिजनले सिए कोचिङ  सेन्टरका लागि तयार भएको निर्देशिकाका बारेमा बोलेको छ । तर ती निर्देशिका आइक्यानबाट स्व:ऐक्षिक  सम्बन्धन लिएकाहरुका लागि मात्र हो, अरुलाई होइन भन्ने कुरालाई बुझाउन टेलिभिजन चुकेको छ । सम्बन्धन नलिएका कोचिङ सेन्टरको फुटेज देखाएर उसले निर्देशिकाको व्याख्या गरेको छ ।    
  • कार्यक्रमको ०४:१३ को टाइम ल्याप्समा कार्यक्रममा कतिपय सिए पढाउने कोचिङ संस्था ‘अवैध’ छन् भनिएको छ । जसमा अधिकांसले आपत्ति जनाएका छन् । स्मरण रहोस् काठमाडौँमा संचालित टेलिभिजनले देखाएका कुनै पनि संस्थाहरु अवैध छैनन् । टेलिभिजनले सम्बन्धन नलिएकै आधारमा कोचिङ सेन्टरलाई अवैध भनेको छ, जुन सरासर गलत छ ।
  •  कार्यक्रमको टाइम ल्याप्स ४:१८ मा एओसी, प्राइम, रिलायबल लगायतकाले विद्यार्थी झुक्याईरहेको भनिएको छ, तर त्यसको सटिक तर्क प्रस्तुत गरिएको छैन । काठमाडौँमा सबैभन्दा बढी विद्यार्थीको भएका संस्था प्राइम र एओसी हुन् । 
  • कार्यक्रमको ४:४२ टाइम ल्याप्समा सम्बन्धन नलिनु ‘ठगी’ हो भनिएको छ । तर त्यो कसरी ठगी भयो भन्ने स्पष्ट आधार देखाइएको छैन ।
  • कार्यक्रमको ५:३० टाइम ल्याप्समा भनिएको छ, ‘आइक्यानले सम्पूर्ण सिए तयारी कक्षा संचालनको जिम्मेवारी बहन गर्छ। ‘ जुन सरासर गलत छ । आइक्यान लेखा व्यवसायीको नियमनकारी निकाय हो । यसले मागेकाहरुलाई सम्बन्धन दिन्छ तर तयारी कक्षा संचालनको कुनैपनि जिम्मेवारी बहन गर्दैन । 
  • ६:४५ टाइम ल्याप्समा नक्कली र सक्कली कोचिङ  सेन्टरका बारेमा बोलिएको छ ।  जवकी काठमाडौँमा संचालित कुनैपनि कोचिङ सेन्टर नक्कली छैनन् । नक्कली भए के आधारमा नक्कली भयो स्पष्ट भनिएको छैन । 
  • ७:०० टाइम ल्याप्समा कार्यक्रममा नयाँ बानेश्वरको रिलायबल करियर एकेडेमी नक्कली हो भनिएको छ जुन के आधारमा नक्कली भयो भन्ने स्पष्ट भनिएको छैन । 
  • ८:२७ को टाइम ल्याप्समा टेलिभिजनले प्राइम सिएलाई विश्वास नभएको संस्था भनी आरोप लगाएको छ । जवकी नेपालमा  हाल सबैभन्दा बढी विद्यार्थी भएको कोचिङ संस्था प्राइम नै हो ।
  • ८:४६ टाइम ल्याप्समा टेलिभिजनले विद्यार्थीको फोटो राखेर एओसीले आचारसंहिता उल्लङ्घन गरेको बताइएको छ । जवकी आइक्यानबाट सम्बन्धन लिएका संस्थाहरु बाहेक कसैलाई पनि त्यो आचारसंहिता लाग्दैन । टेलिभिजनले बरु सम्बन्धन लिएका र यस्तो काम गरिरहेका संस्थाहरुबारे बोलेको छैन । सम्बन्धन लिएका सिमा एकेडेमिक्स लगायतका संस्थाले यो आचारसंहिता उल्लङ्घन गरेका छन् ।
  • कार्यक्रमले सक्कली संस्था भनेर केहि संस्थाहरुको नाम लिएको छ । टेलिभिजनले भनेजस्तो सीसीएमएमए कलेज भन्ने कुनै संस्थानै काठमाडौँमा छैन । उसले सीसीएमए भन्न खोजेको  हुनुपर्छ । 
  • कार्यक्रममा सीआइएम एकेडेमी पनि सक्कली संस्था भनिएको छ जवकी यस्तो नाम गरेको कुनै संस्था नै काठमाडौँमा छैन । उसले सीआइएमए भन्न खोजेको हुनुपर्छ ।
  • कार्यक्रमको फुटेजमा ‘इलिट इन्स्टिच्युट’ भनिएको छ ।  त्यस्तो नाम भएको संस्था पनि काठमाडौँमा छैन । उसले इलाइट इन्स्टिच्युट अफ मेनेजमेन्ट भन्न खोजेको हुनुपर्छ ।
  • कार्यक्रममा बिरगंज इन्टरनेशनल कलेज पनि सक्कली भनिएको छ जवकी त्यस्तो नाम गरेको कुनै पनि संस्थाले नेपालमा सिएको कोचिङ कक्षा संचालन गर्दैन ।
  • कार्यक्रममा एसबिबिआर प्रालि सक्कली संस्था भनिएको छ ।  जवकी गत बर्षनै उक्त संस्था बन्द भइसकेको छ । 
  • कार्यक्रममा सक्कली भनिएको अर्को संस्था हेराल्ड कलेजले सिएको कक्षा नै संचालन गर्दैन । 
  • कार्यक्रममा १५ संस्थाले आइक्यानबाट सम्बन्धन लिएका छन् भनिएको छ जवकी आइक्यानले सार्वजनिक सुचनामानै ८ वटा संस्था उल्लेख गरेको छ ।  नवीकरण नगरेकाहरुको नाम पनि जोड्ने हो भने उक्त सूचीमा प्रिमियर कलेज छुटेको छ ।
  • कार्यक्रमको १०:०० टाइम ल्याप्समा सूचीमा भएका बाहेक सबै संस्था नक्कली भएको भनेको भनिएको छ । यसबारे आइक्यान अध्यक्षसँग अन्य काउन्सिल सदस्यले स्पष्टिकरण लिने बुझिएको छ। 
  • कार्यक्रममा सिए पढाउने संस्थाहरुलाई ‘कलेज’ भनिएको छ, जुन गलत छ।  उनीहरु कोचिङ सेन्टरमात्र हुन् ।  
  • कार्यक्रममा काठमाडौँका ‘अधिकांस सिए संस्था’ भनेर बोल्दा फुटेजचाहिं विराटनगरको एक कलेजको ल्याब देखाइएको छ ।  उक्त फुटेज पनि टेलिभिजनले चोरेको फुटेज हो ।  
समाचारमा सन्तुलन भएन : कोचिङ संस्थाका सञ्चालक 
सिए सरोकारसँग कुराकानी गर्दै आफ्ना केहि विचारनै राख्न नदिइ एकलौटी रुपमा टेलिभिजनले मनगणन्ते रिपोर्ट बनाएको आरोप लगाएका छन् । ‘ रिपोर्टरले कसैले भनेकै आधारमा मनलाग्दी बोलेका छन् । सिएका बारेमा थाहा नभएका पत्रकारहरुले गर्दा जनतामाझ भ्रम गएको छ ।’ एक कोचिङ सेन्टरका संचालकले बताए ।
आइक्यानका काउन्सिल सदश्यनै भन्छन्, ‘सम्बन्धन बाध्यकारी होइन’
यस बिषयमा सिए सरोकारसँग कुराकानी गर्दै आइक्यानका काउन्सिल सदश्यहरुलेनै सम्बन्धन बाध्यकारी नभएको बताएका छन् । बिगत सात बर्षदेखि आइक्यानको काउन्सिल सदश्य भएका र सम्बन्धनको नियम बनाउँदा समेत सहभागी भएका आइक्यानका काउन्सिल सदश्य सुरेश देवकोटाले कार्यक्रममा भनिएका अधिकांस कुरा गलत भएको र सम्बन्धन ‘बाध्यकारी’ नभएको बताएका छन् ।  यता काउन्सिल सदश्य भरत रिजाल र नेपालको पहिलो सिए भवनाथ दाहालले पनि सम्बन्धन ‘स्व:ऐक्षिक मात्र भएको बताएका छन् । 
सम्बन्धन लिने तर गलत काम गर्नेबारे केहि नबोल्दा समाचारको उदेश्यमा शंका छ : कोचिङ संस्था संचालक काठमाडौँमा आइक्यानबाट सम्बन्धन लिएका तर सम्बन्धन लिएका संस्थाहरुले मान्नुपर्ने आचारसंहिता नमानेका, आइक्यानको सम्बन्धन लिएर भारतीय बोर्डको कक्षा संचालन गरेका, सम्बन्धन संस्थाहरुले गर्न नपाइने खालका विज्ञापन गरेका लगायतका काम गरेका संस्थाहरुबारे नबोल्नु र काठमाडौँमा राम्रो गरिरहेका संस्थाहरुलाई ‘टार्गेट’ बनाएर नियमहरुको अपव्याख्या गर्दै रिपोर्ट बनाइनु दुखद् भएको कोचिङ  संस्थाका प्रतिनिधिले सिए सरोकारलाई बताए । यस अघिपनि आइक्यान अध्यक्ष आफु निकटका कोचिङ संस्था बाहेक सबैलाई सिध्याउन लागि परेको समाचार सार्वजनिक भएका थिए ।

हेर्नुहोस् टेलिभिजनले सक्कली दावी गर्ने कतिपय संस्थाको नाम गलत लेखेको छ भने कति हुँदै नभएका र कति बन्द भइसकेका संस्थाहरुको नाम उल्लेख गरेको छ ।    

उक्त कार्यक्रमले अधिकांस फुटेज सिए सरोकार टेलिभिजन कार्यक्रमको चोरेर कार्यक्रम बनाएको छ ।  

यो पनि पढ्नुहोस् :

हिमालय टिभीले चोर्यो सिए सरोकारको सम्पत्ति, अध्यक्षको हवाला दिंदै चोरीका फूटेजको चरम दुरुपयोग 

(यो हिमालय टेलिभिजनको कार्यक्रमको खण्डन होइन, सत्य के हो भन्ने जानकारीमा आधारित समाचार मात्र हो- सम्पादक )

प्रतिक्रिया दिनुहोस्