
हिमालय टेलिभिजनले केहि समय अगाडी प्रशारण गरेको प्राइम स्टोरी नामक कार्यक्रममा सिए सरोकारको फुटेज चोरी गरी दुरुपयोग गरेको समाचार सिए सरोकारले सार्वजनिक गरेपछि हिमालय टेलिभिजनले आफ्नो गल्ती स्वीकारेको छ । सिए सरोकारलाई जवाफ लेख्दै हिमालय टिभीले आफ्नो गल्ती स्वीकारेको हो ।
हिमालय टेलिभिजनले जानकारीका लागि धन्यवाद दिंदै उक्त कार्यक्रम सम्बन्धमा सिए सरोकारका निर्माता सुरज प्याकुरेलले गरेको दावी उपर टेलिभिजनमा गर्नुपर्ने आन्तरिक प्रक्रिया अगाडी बढेको र उक्त भिडियो समेत युट्युबबाट हटाइएको बताएको छ ।
यसअघि हिमालय टिभीले सिए सरोकारको सम्पत्ति चोरेर दुरुपयोग गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा समेत हिमालय टेलिभिजनको चर्को विरोध भएको थियो ।
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया दिनुहोस्