Skip to content

हातेमालोद्वारा ‘आर्थिक गोष्ठी’ सम्पन्न

भारतको लक्ष्मीनगरमा रही सिए अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरका विभिन्न संघ – संगठनमध्येको एक हातेमालो नेपाली विद्यार्थी समूहले यही आइतबार, २६ जुन, २०१६ मा “आर्थिक गोष्ठी” सम्पन्न गरेको छ । हातेमालो नेपाली विद्यार्थी समूहका अध्यक्ष सुनील बूढाथोकीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम टपर्स इस्टिच्युटमा सम्पन्न भएको थियो ।  
हातेमालोका केन्द्रीय सदस्य महेशराज पाठक तथा हातेमालोका आर्थिक सन्दर्भ छलफल फोरममा सञ्चालक मधु खनालको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा सीए विद्यार्थीहरु बर्षा दुलाल, विशाल भट्टराई, सुवास अर्याल, दिपेन्द्र पौडेल, प्रवीन काफ्ले, सुवास ढकुरी, प्रदीप सागर रोकय लगायतले विभिन्न आर्थिक पक्षका विभिन्न क्षेत्रहरु जस्तै आधुनिक खेतीपाती, देशका पूवाधारहरु, आर्थिक संकलन तथा उचित सदूपयोग, पर्यटनको विकास, विनिमय कारोवार, आदि क्षेत्रमा आ–आफ्नो प्रस्तुति र विचारहरु प्रस्तुत गरेका थिए ।
पहिल्यैनै छुट्टाइएको शीर्षकहरुमा सहभागीहरुले अत्यन्तै रोचक, आर्कषक एवंम् बुलंद ढङ्गले सरल रुपमा आफ्नो प्रस्तुति दिएका थिए । ‘देश विकासको मुख्य जड भनेकै देशको आर्थिक संरचना हो,  देशको अर्थतन्त्र सबल रुपमा स्थापित नभएसम्म देशविकासका काम तथा कारवाहीहरुले कायापलट गर्न सक्दैन,  अझ हामी त सीए क्षेत्रका विद्यार्थी, सम्पूर्णलाई देशको आर्थिक अवस्थाप्रति जागरुक र संवेदनशील बनाउने अभिप्रायले हरेक वर्ष आर्थिक गोष्ठी आयोजना गर्ने गरेका छौं।’  हातेमालोका अध्यक्ष सुनिल बूढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्