Skip to content

हातेमालोको आयोजनामामा दिल्लीमा फुटबल प्रतियोगिता सम्पन्न

 

ऋषि राम अधिकारी
दिल्ली ब्युरो , सिए सरोकार। 
भारतमा
रही सिए  अध्ययन गरिरहेका नेपाली  विद्यार्थी हरुको समूह हातेमालो नेपाली
विद्यार्थी समुहले हातेमालो फुटबल प्रतियोगिता को आयोजना गरेको छ।  नयाँ
दिल्ली स्थित लक्ष्मीनगरमा रहेको ललिता पार्कमा गत ९ तारिखमा सम्पन्न भएको
उक्त कार्यक्रममा १२ समुहले प्रतिस्पर्धा  गरेका थिए। 
कार्यक्रममा पहिलो हुनेलाई ५५०० रुपैयाँ र ट्रफी, दोश्रो हुनेलाई २५०० नगद प्रदान गरिएको थियो।  प्रतियोगितामा STAR XI FC पहिलो र SURAJMAL FC दोश्रो भएका थिए।  प्रतियोगितामा ‘पेल्यर अफ दी टुर्नामेण्ट’ साइमन लिम्बु घोषित भएका थिए। 
कार्यक्रम
सफल भएको बताउंदै कार्यक्रम संयोजक सुनिल बुढाथोकीले कार्यक्रम सम्पन्न
गर्न सहयोग पुर्याउने सबैलाई धन्यबाद ज्ञापन गरेका छन्।  प्रतियोगिता
अवधिमा केहि कुरालाई लिएर सामान्य भनाभन  भएको भएपनि कार्यक्रम निकै सफलातापूर्वक सम्पन्न भएको सहभागी तथा उपस्थित दर्शक हरुले सिए सरोकारलाइ बताए।

प्रतिक्रिया दिनुहोस्