Skip to content

एक्यान अध्यक्षको प्रतिक्रिया, ‘निर्णय हुँदैछ भन्ने थाहा पाउन म ज्योतिष होइन, निर्णय भएपछि कुरा गरौंला’

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – आईसीएआईलाई आइक्यानले दिंदै आएको मान्यता खारेजी गर्ने निर्णय आइतबार हुन लागेको खबर सार्वजनिक भएपछि यसमा नेपाल चार्टड एकाउन्टेन्स् संघ (एक्यान) का अध्यक्ष हरि कुमार सिलवालले यसको बिरोध गर्नेहरुले भोटको राजनीति मात्र गरिरहेको आरोप लगाएका छन् ।
सिए सरोकारसँग कुराकानी गर्दै अध्यक्ष सिलवालले भने, ‘निर्णय हुँदैछ भन्ने थाहा पाउन म ज्योतिस होइन । के निर्णय हुँदैछ भन्ने कुरा मलाइ कसरी थाहा हुन्छ ?’ उनले अगाडी भने, ‘ निर्णय भइसकेको भएपो प्रतिक्रिया दिने त, निर्णय नै भएको छैन, निर्णय हुँदैछ भन्ने कसले भन्यो भन्ने पनि थाहा छैन ।’
यसमा एक्यानको प्रतिक्रिया के छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘निर्णय हुँदैछ भन्ने कुरालाई लिएर कसरी प्रतिक्रिया दिने ? निर्णय भएपछि कुरा गरौंला ।’ 
यसको बिरोध गरिरहेकाप्रति लक्षित गर्दै उनले भने, ‘तिमीहरु अगाडी बढ, हामीपनि विरोध गरेको जस्तो गर्छौं’ भनेर सिएहरुले भनेको मेरै कानले सुनेको छु । यो भोटको राजनीति मात्र हो अरु केहि होइन ।
सिए सरोकारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यसमा मेरो कोट राखेर समाचार बनाउनुहुन्छ भने यो भोटको राजनीति हो जसमा म संलग्न छैन’ भनेर लेखिदिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्