Skip to content

सिए सरोकारको समाचार प्रभाव, हल परिक्षा दर्ता गर्ने मिति थप्यो आइक्यानले

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – कमिसनकै भरमा काम दिईएको आरोप लागेको ग्लोबल आईटिको चरम लापरवाहीका कारण बुधबार हल परिक्षा दर्ता गर्न समस्या आएको समाचार सिए सरोकारले प्रकाशित गरेपछि आइक्यानले हल परिक्षा दर्ता गर्ने मिति थपेको छ । आइक्यानले सामाजिक सञ्जाल फेसबुक र वेव साइटमार्फत यस्तो जानकारी दिएको हो ।

आइक्यानका अनुसार २०१७-०१-०६ तारिख विहान ११ बजेसम्म दर्ता मिति थपिएको हो । यद्यपी आइक्यानले विद्यार्थीको समस्या सम्बोधन गर्न भने नसकेको देखिएको छ । वेव साइटलाइ राम्रो बनाउनुको सट्टा आइक्यानले हालका लागि मात्र गरेको यस्तो प्रयासले विद्यार्थीहरु असन्तुष्ट बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्