Skip to content

आइक्यानको परीक्षाको नयाँ सेन्टर गोल्डेनगेटमा यस्तो झमेला !

काठमाडौँ ब्रिलिएन्ट क्याम्पस परीक्षा दिनका लागि निकै असहज भयो भन्ने लामो समयदेखिको गुनासो र दवावपछी आइक्यानले काठमाडौँ थापाथलीस्थित पीइएमा परीक्षा सेन्टर राखेको थियो । तर प्लस टुपछी इन्जिनियरिङको तयारी कक्षा पढ्ने विद्यार्थीहरु आउने भएकाले पीइएले आइक्यानलाई परिक्षा सेन्टर राख्न दिएन । 
आइक्यानले त्यसपछी गोल्डेनगेट इन्टरनेशनल कलेजमा परीक्षाको सेन्टर राख्यो । तर व्यवस्थापन तथा अन्य कमजोरीका कारण विद्यार्थीले गोल्डन गेट कलेजमा पनि विभिन्न समस्याहरु भोगेको बताएका छन् । सिए सरोकारलाई विद्यार्थीहरुले निम्नानुसारको समस्या भोगेको बताएका छन् :     
  • परीक्षाको पहिलो दिन राखिएको सिम्बोल नम्बर र ती कुन कुन कोठामा परे भन्ने जानकारी दोश्रो दिन हटेको थियो । यस्तो गर्दा पहिलो पेपरमा एकजम्सन आएका विद्यार्थीहरुले दोश्रो दिन हैरानी खेप्नुपर्यो । यसबारेमा कलेज प्रशासनमा बुझ्दा आइक्यानले टास्नु पर्दैन भनेको बुझियो ।
  • पहिलो दिनपनि एउटा भवनमा मात्र सिम्बोल नम्बरको जानकारी राखिएको थियो । जवकी परिक्षा दुईवटा भवनमा संचालन भइरहेको छ ।
  • परिक्षा केन्द्रको शौचालय निकै फोहोर छ । परिक्षा व्यवस्थापन निकै कमजोर छ ।
  • पीइएको तुलनामा परीक्षा दिन सहज छैन ।  तर ब्रिलिएन्ट भन्दाचाहिं राम्रो छ ।     

प्रतिक्रिया दिनुहोस्