
हुन त आइक्यानले आफ्नो परिक्षा त्रिभुवन विश्व विद्यालयको परिक्षा सँग जुधाउनु कुनै नौलो कुरा रहेन। यसपाली त आइक्यानले जीएमसीएस् परिक्षा ढिला गर्दा उक्त परिक्षा एमबिएसको परिक्षासँग जुध्न सक्ने सम्भावना बढेको छ। आइक्यानले ढिलै गरी सुरु गरे पनि यो मंसिर सम्ममा तालिमको आयोजना गर्ने अनुमान गरियो भने पनि मङ्सिर २८ बाट सुरु हुने परिक्षा जुध्ने भएको छ।
जीएमसीएस तालिम करिव १ महिना सम्म हुने र ९० प्रतिशत हाजिरी पुग्नु पर्ने भएकाले पनि एमबिएस परिक्षा दिनेहरुले कि त जीएमसीएस परिक्षा छोड्नु पर्यो कि त एमबिएसको। यसरी आइक्यानले समयमै जीएमसीएस नगर्दा विद्यार्थीले निकै नै समस्या भोग्नु परेको छ।
हेर्नुहोस् एमबिएसको परिक्षा तालिका !

प्रतिक्रिया दिनुहोस्