Skip to content

हेल्लो एनाकासा ! समयमा जीएमसीएस भएन, तिमि पनि केहि बोल्ने कि ?

https://casarokar.com/wp-content/uploads/2015/11/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP-3.jpgक्याप वान पढ्न भर्ना गरेको त्यो दिन ! सम्झंदै रिस उठ्दो ।  प्लस टुको परिक्षा दिएर बसेको केटो के जान्दथ्यो र ! खुब धपेडी सहेर भर्ना गरियो ।  बुहुनी नै खराव परेछ क्यार त्यसपछी कहिले पनि तनाव मुक्त भइएन।  क्याप टुको तनाव, आर्टिकल शिपको तनाव, पटक पटक फेल हुँदाको तनाव ! तनाव नै तनाव ! तर पनि लडीरहें जीवनसँग, आइक्यानको नीतिसँग, आइक्यानको ब्यबहारसँग । 
बल्ल तल्ल क्याप थ्री पास गरियो।  खुसी मनाउनै पाइएको छैन ।  किनकि साँचो अर्थमा सिए भइसकिएको छैन।  समयमा जीएमसीएस नहुँदा अर्को तनाव थपिएको छ ।  एक वर्ष बेरोजगार भइने पक्का छ।  पुषसम्ममा दाल भातको मेलो मेसो गरौँ भन्ने थियो त्यो सपना पनि आइक्यानले उडायो !
तनाव नै तनाव को बीचमा एनकासालाइ सम्झिएँ।  धेरै भन्न पनि मिलेन आफ्नै साथीभाई अध्यक्ष छन् क्यार! तिमी पास भैसक्यौ, हामी विद्यार्थीको संगठन हो भन्न पनि बेर छैन ।  तर आज कता कता एनकासा बोलेन भन्ने अर्को तनाव थपिएको छ ।  हुन त बोलेर खासै चमत्कार केहि भइहाल्दैन । तर पनि साहानुभुती न हो, आफ्नाहरु मर्दा मलामी जानेहरु महान हुन्छन् भन्छन् यहाँ त एउटा आस मरेको छ, एउटा भविष्यको रेखा मेटाउन खोजीएको छ, आइक्यानको गैर जिम्मेवारीले पराकाष्टा नाघेको छ । 
लेखापरीक्षकहरुको आन्दोलन हुँदा एनकासा खुबै मौलाए जस्तो लाग्य्थ्यो ।  आइक्यानको नोटिस बोर्डमा बिज्ञप्ति देख्थें।  भारतमा सिए अध्ययन गर्ने साथीहरुले मन्त्रीलाई भेट्दा बिज्ञप्ति लेख्थे।  अरु त अरु एउटा समाचारको बिषयलाई लिएर पृथ्वीनै उल्टियो जस्तो गरेर बिज्ञप्ति लेख्थे । तर आज साचै नै जीवनको एउटा आश र भविष्यको धरातल भासिन खोज्दा एनकासा केहि बोलिरहेको छैन, बोल्न आवश्यक ठान्दैन सायद !
मेरो यो बिचारलाइ अतिरन्जित नबनाइयोस्, म एनाकासाको शुभचिन्तक हुँ ।  तर यस्तो परिस्थितिमा एनाकासा बोल्नै पर्छ ।  हेल्लो एनाकासा सुन्यौ नि होइन ? तिमि बोल्नु पर्छ ।  जीएमसीएस समयमा नहुँदा तिमी अलिकति भएपनि बोल्नु पर्छ ।  हाम्रो आस आर्यघाट पुग्दैगर्दा तिमी टुलुटुलु डिलमा बसेर हेर्नु हुँदैन बरु दिलमा बसेर सहयोग गर्नुपर्छ ।  नत्र त उही बेलाबेलामा तिमीलाई भन्छन् नि के जाति भयो भनेर एनकासा, हामी भोलिका सिए आजका क्याप थ्री पास्ड अझ भनौं अर्ध सिएले पनि त्यस्तै नजरले हेर्ने दिन नआओस् ।  तिम्रो सार्वजनिक पहलको आशामा छु । 
तिम्रो भूपू सदश्य तथा नेपालको अर्ध सिए

प्रतिक्रिया दिनुहोस्