Skip to content

सिए सरोकार समाचार प्रभाव : व्यापारिक मलमै गैरकानुनी धन्दा चलाउने नक्कली अडिटर भागे ! के भन्छ आइक्यान ?

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ-व्यापारिक मलमै गैरकानुनी धन्दा चलाएर बसेका नक्कली अडिटरबारे सिए सरोकार डटकमले समाचार प्रकाशित गरेपछि ती नक्कली अडिटर भागेका छन् । शान्तिनगर गेटको बायाँपट्टि रहेको पेट्रोल पम्पको ठिक वायाँ पट्टि एउटा व्यापारिक मलमा नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नियमको बर्खीलाप गर्दै एडभान्स अडिटिङ एण्ड लिगल सपोर्ट नामक कम्पनीले लेखापरिक्षणसम्बन्धि काम गलत तरिकाले गरिरहेको समाचार सिए सरोकार डटकमले सार्वजनिक गरेपछि ती नक्कली अडिटर भागेका हुन् । 

कार्यालय हट्यो तर के कारवाही होला त द्वारिका चौलागाईंलाई ? 
आइक्यानको नियमअनुसार कतै पनि हामी अडिट गर्छौं भन्ने विज्ञापन गर्न पाइदैन । तर हामीले एक ग्राहक बनेर फोन गर्दा त उक्त कम्पनीका प्रतिनिधिहरुले त बैंक र कर प्रयोजनका लागि छुट्टा छुट्टै रिपोर्टसमेत बनाइदिने दावी गरेका थिए जुन सरासर गैरकानुनी हो । अडिट फिको हकमा पनि बार्गेनिङ गर्नु गलत हो । तर उक्त कम्पनीका प्रतिनिधिले खुलेआम रुपमा हामीसँग बार्गेनिङ गरेका छन् । आइक्यानको नियम अनुसार फर्मको बोर्डमा अडिट फर्मको नाम बाहेक केहि पनि राख्दा पाइँदैन । तर उक्त कम्पनीले खुलेआम रुपमा अडिटसम्बन्धि काम गर्ने उल्लेख गरेको थियो । हाम्रो कुराकानीमा कम्पनीका प्रतिनिधिले आफु सिए पढीरहेको र द्वारिका चौंलागाइले सहि गर्ने बताएका छन् । आफुले रिपोर्ट बनाउने र आरएले सहि गर्ने उनको भनाइ छ । तर यसरी कार्यालयको प्रचार गरेर काम गर्नु भने आइक्यानको नियम विपरितको काम हो । द्वारिका चौन्लागाइ भने नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका सदस्य हुन् । उनी रजिष्टर्ड अडिटर हुन् । अव उनलाई कारवाही हुन्छ कि हुँदैन भन्ने अर्को ‘इस्यू’ उठेको छ ।

के भन्छ आइक्यान ?
यता नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले भने बोर्डमा अडिट गर्छु भनेर लेख्नु, अडिट गर्छु भनेर बिज्ञापन गर्नु गलत भएको बताएको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै आइक्यानका काउन्सिल सदस्य र अनुगमन समितिका संयोजक सुरेश देवकोटाले त्यसरी अडिट गर्छु भनेर बोर्ड राख्नु गलत भएको बताएका हुन् ।’बैंक र ट्याक्स प्रयोजनका लागि छुट्टै रिपोर्ट बनाउँछौं भन्नु त सरासर गैरकानुनी हो । म आइक्यानमा यो कुराको छानविन गर्ने कार्यदल बनाइहाल्छु । यस्तो गलतकामको पर्दाफास गर्न मिडियाले जुन भूमिका खेलिरहेको छ, त्यो सराहनीय छ। ‘ उनले यस विषयमा छानविन गरेर दोषी अडिटरलाई कारवाही गरिछाड्ने समेत बताएका छन् । ‘हामीले सीआइबीसँग मिलेर पनि नक्कली अडिटरहरुलाई समात्ने अभियानका बारेमा सोचेका छौं । गलत काम गर्ने र अरुले दलाली गरेर ल्याएको काममा पैसा कमाउनका लागि मात्र आफ्नो दायित्व पूरा नगरी सहि गर्ने सदस्यलाई हामी कारवाहीको दायरामा ल्याउँछौं ।’ देवकोटाले अर्थ सरोकार डटकमसँग भने ।

प्रतिक्रिया दिनुहोस्