
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले बिगतका बर्षहरुमा दुईपटक आइक्यान करियर एक्स्पो गरेपनि एक्स्पोबाट १ जनापनि विद्यार्थी भर्ना नभएपछी कोचीङ सेन्टरहरुले आईक्यानलाई एक्स्पो नगर्ने बताएका छन् । सम्बन्धन लिएका संस्थाहरुलाई बैठकमा बोलाएर एक्स्पो गर्नेबारे छलफल हुँदा विभिन्न कोचिङ सेन्टरहरुले एक्स्पोबाट आफुलाई कुनै पनि फाइदा नभएको र फोकटमा आफुहरु खर्च नगर्ने भन्दै एक्स्पो नगर्ने भनेपछि आइक्यान उक्त एक्स्पो गर्ने निर्णयबाट पछी हट्न बाध्य भएको हो ।
बिगतको ‘झुर’ अनुभवले सबैलाई तनाव !
आइक्यानले गरेका दुई एक्स्पो निकैनै विवादित भएका थिए । कुनै कोचीङ सेन्टरलाई पोस्नेगरी काम भएको, आइक्यानकै कर्मचारीहरु कमिसनको लोभमा अनैतिक कार्यमा लागेको, आइक्यानका कर्मचारीको मिलेमतोमा एक्स्पो सम्बन्धि विभिन्न काम गर्दा व्यापक घोटाला भएको, आइक्यानकै कर्मचारीले कुनै एक कोचीङ सेन्टरमा विद्यार्थी पठाउने गरेको, बन्दको दिन एक्स्पो आयोजना गरेको र एक्स्पो गरेपनि कुनैपनि खालका प्रचारप्रसार नगरेको, र कोचीङ सेन्टरको पैसा सिध्याउने अभियानमा मात्र लागेको आरोप लागेपछि गतसालको एक्स्पो विवादित भएको थियो । एक्स्पोमा व्यापक घोटाला गरेको भन्दै आइक्यानका केहि कर्मचारी र तत्कालीन नेतृत्वसमेतलाई गम्भीर आर्को लागेको थियो ।
कोचिङ स्नेटरका मालिक भन्छन्, ‘आइक्यानका कर्मचारीलेनै बदमासी गरे’
यता विभिन्न कोचिङ सेन्टरका मालिकहरुले भने आइक्यानकै कर्मचारीहरुले बदमासी गरेका कारण यसपाली कुनैपनि हालतमा आफुहरु एक्सो गर्ने पक्षमा नरहेको बताएका छन् । सिए सरोकारसँग कुराकानी गर्दै केहि कोचिङ सेन्टरका मालिकहरुले आइक्यानका केहि सिमित कर्मचारी एक्स्पोका नाममा ठगेर खाना पल्किएका कारण यसपाली आफुहरु एक्स्पो नगर्ने निर्णयमा पुगेको बताएका छन् । ‘हामीले त एक्स्पो नगर्ने भयौं । हामीलाई नराखी आइक्यानले एक्स्पो गर्छ भने गरोस् । आइक्यानका कुनै कर्मचारीलाई धनी बनाउने ठेक्का हामीले लिएका छैनौं ।’ एक कोचिङ सेन्टरका मालिकले सिए सरोकारसँग भने ।
प्रतिक्रिया दिनुहोस्