
आइसीएईडब्लुसँगको सम्झौता गराउने पक्कापक्की भएका बेला नेतृत्व परिवर्तन भएपछी उक्त सम्झौताको कुरा सेलाएका बेला नयाँ खुसीको खबर छ । सिए नरेन्द्र भट्टराइ अध्यक्ष हुँदा उनले आइक्यान र सीपीए अष्ट्रेलियाबीच सम्झौता गर्ने प्रयास गरेकोमा सीपीए अष्ट्रेलियाले उक्त सम्झौता गर्न ‘ग्रीन सिग्नल’ दिएको छ । छिट्टैनै आइक्यान र सीपीए अष्ट्रेलियाबीच आइक्यानलाई अष्ट्रेलियामा मान्यता दिनेगरी सम्झौता हुने भएको छ ।
यसअघिको आइक्यानको नेतृत्व गरेका सिए नरेन्द्र भट्टराइले यो सम्झौता गर्नका लागि निकै प्रयास गरेका थिए । निकै प्रयास गर्दापनि समय लाग्ने भएपछी उक्त सम्झौताको मिति सरेको थियो । अन्तत: अबको केहि समयपछि उक्त सम्झौता हुने बुझिएको छ ।
स्रोतका अनुसार सम्झौतामा हस्ताक्षर गर्न सीपीए अष्ट्रेलियाको निम्तो आइक्यानमा आइसकेको छ । सिए नरेन्द्र भट्टराईले लामो प्रयास गरेको परिणाम भएपनि आइक्यानका अध्यक्षका हैसियतले सिए प्रकाश लम्शाल उक्त सम्झौतामा हस्ताक्षर गर्न अष्ट्रेलिया जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्