Skip to content

सिएको परिक्षा सेन्टरमा जे देखियो…(फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ । अन्तत्: नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आइतबारबाट सिएको विभिन्न तहको परिक्षाको लिएरै छाडेको छ । आइक्यानले कोरोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै सिएको परिक्षा लिएको हो । शुक्रबार स्वास्थ्यराज्यमन्त्रीले कोरोनाको त्रास बढेको भन्दै कक्षा १२ लगायतका परिक्षा सार्न सीसीएमसीको बैठकमा सिफारिस गरेसँगै सरकारले शनिबार १२ कक्षालगायतका परिक्षा स्थगित गरेको थियो ।तर आइक्यानले त्यसको वेवास्ता गर्दै परिक्षा लिएरै छाडेको हो ।
बिहान ७ बजे परिक्षा सेन्टर गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तिसपुतलीस्थित पुग्दा विद्यार्थीको निकै भिड देखिन्थ्यो । संक्रमणकाबीच सुरुको सो परिक्षामा सहभागी भएका संक्रमणमुक्त विद्यार्थीसमेत जोखिममा परेका छन् ।कोभिडका लक्षण देखिएका विद्यार्थी पनि परिक्षा सेन्टरसम्म पुगेको देखिएको छ ।विद्यार्थीलाई परिक्षा हलमा स्वास्थ्य मापदण्ड अनुसार राखिएको भएपनि बाहिरको चहलपहल देख्दा विद्यार्थीहरु स्वास्थ्य मापदण्डको अनुशासनमा छैनन् ।
आइक्यानले स्वास्थ मापदण्ड अपनाउन प्रयास त गरेको छ तर त्यो प्रयास आवश्यकजति भने सार्थक देखिएको छैन । आइक्यानको फितलो तयारीका कारण विद्यार्थीहरु परिक्षा सेन्टर रहेका २ भवनमध्ये आफ्नो ठाउँ कता हो भन्ने विषयमासमेत कन्फ्युजनमा देखिएका थिए । बाँकी फोटोमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्