Skip to content

उम्मेदवारमध्येका सिनियर मदन शर्माको भोट रातारात कसरी बढ्यो ? उनी सेफसाइडमा पुग्दा कस-कसका भोट काटिए ?

  • सुरज प्याकुरेल / अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आशन्न आइक्यानको चुनाव संघारमै छ । अन्तिम समय चलखेल हुनु, कसैका भोट बढ्नु, कसैका घट्नु नौलो होइन । त्यसमाथि अन्तिम समयमा आफुले कसलाई दिने भोट भनेर अन्तिम निर्णय लिने काम पनि धेरैले गर्ने गरेका छन् । यहि बीचमा न्यूट्रल भोट धेरै दायाँ-बायाँ हुने गरेका छन् । यस्तै न्यूट्रल भोटहरुलाई एकिकृत गर्दै मदन शर्माले आफ्नो भोट बैंकमा थुप्रै भोटहरु जम्मा पारेको खबर छ । यसअघि सिनियर भएर पनि जित्छन् वा जित्दैनन् भन्ने दोधारमा रहेका उनी अव भने ‘सेफल्याण्ड’मा रहेको बुझिएको छ । पछिल्लो समय उनको समर्थनमा व्यापक भोट बढेपछि उनी सेफसाइडमा परेका हुन् । उनका लागि राम प्रबोध शाह जो अहिलेका काउन्सिल सदस्य छन्, उनी खुलेरै लागि परेका छन् भने भित्रभित्रै पनि मदन शर्मालाई थुप्रै सिएहरुले सहयोग गरिरहेको बुझिएको छ । 
कसरि र किन बढ्यो रातारात भोट ?
यस विषयमा हामीले शर्मा निकट केहिसँग शर्माको भोट बढ्नुको कारण बुझेका थियौं । ‘यो बीचमा हामीले धेरैसँग सल्लाह गर्यौं । मदन शर्माजस्तो सिनियरलाई पछार्ने दुष्प्रयास धेरै ठाउँबाट भएको रहेछ । उहाँका बारेमा नकारात्कम टिप्पणीहरु गरेर आफु हिरो बन्न खोज्नेहरु सलबलाएका रहेछन् ।’ बाहिर खुलेर नलागेका तर भित्रभित्रै मदन शर्मालाई जिताउन लागि परेका एक सिएले सिए सरोकारसँग भने, ‘उनी प्रोफेसनलाई चाहिने मान्छे हुन् भनेर धेरैलाई बुझायौं । आजका दिनमा सबैभन्दा बढी कर तिर्ने सिए फर्म उहाँकै हो । प्रोफेसनमा सबैभन्दा राम्रो काम गर्न सक्ने उम्मेदवार उहाँ हो भन्ने कुरामा धेरै जना कन्भिन्स हुनुभयो । त्यसपछि हामीले धेरैको समर्थन पायौं । धेरै जना हाम्रो कुरामा कन्भिन्स हुनुभएको छ ।’ उनले भने ।
उनका अनुसार भर्खरका सिएहरुसम्म नपुग्नु शर्माको कमजोरी भएपनि त्यसलाई ‘ओभरकम’ गरिएको छ । ‘धेरै मान्छेहरु उहाँकै फर्ममा काम गरेका छन् । नेपालको सिए प्रोफेसनमा उहाँको फर्मबाट गएका सिएहरुले राम्रो पनि गरिरहनुभएको छ । उहाँको सिए फर्मले देशलाई पनि ठुलो योगदान दिएको छ । यहि कुरा हामीले धेरे भोटरहरुलाई बुझायौं । केहि बर्ष अघि मात्र पास गरेकादेखि भोट हाल्न पाउने पछिल्लो ब्याचसम्मका सिएहरु उहाँको ‘सिनियारिटी’मा कन्भिन्स हुनुभएको छ । अव मदन शर्मालाई चुनाव जित्न गाह्रो छैन ।
सेफसाइडमा पुग्यो शर्माको स्ट्याटस, अव यात्रा अध्यक्ष बन्ने ! तर कस कसका भोट काटिए ?
पछिल्लो समय उनका शुभचिन्तकहरु निकै मज्जासँग लागेपछि उनले चुनाव जित्ने लगभग निश्चित भएको छ । यससँगै अव आउँदो बर्ष उनले उपाध्यक्षको दावी गर्दै आफ्नो आइक्यान यात्रामा लागि पर्नेसमेत लगभग निश्चित भएको छ । तर मदन शर्माको भोट बढ्दै गर्दा धेरैका ‘कोर-भोट’ काटिएका छन् । कुनै न कुनै रुपमा मदन शर्माको फर्ममा कुनै बेला काम गरेका सिएहरुले आफ्ना उम्मेदवारहरुलाई कमिट गरिसकेको भोटसमेत मदन शर्मालाई दिने तयारी गरेका छन् । यसले समग्रमा मदन शर्माको जीत निश्चित भइसकेको छ भन्दा फरक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्