काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को चुनावका लागि १७ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्ध राज ओलीसहित १७ जनाले आशन्न चुनावका लागि उम्मेद्वारी दिएका हुन् । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, सन्तोष काफ्ले र हरिकुमार सिलवाल रहेका छन् ।
टुप्लुक्क देखा परेका सन्तोष काफ्ले को हुन् ?
आइक्यानको चुनावका लागि उम्मेद्वारी दिएका सिएहरुमध्ये उम्मेद्वारीको सूचीमा धेरैले नयाँ नाम देखे। त्यो नाम हो-सन्तोष काफ्ले । कतिले त हेम काफ्लेकै अर्को नाम सन्तोष पो हो कि भन्ने पनि सोचे। तर त्यस्तो होइन । हेम काफ्ले आफु मैदान बाहिर रहेका सन्तोष काफ्लेलाई प्रस्ताव गरेका छन् । सन्तोष काफ्ले हेम काफ्ले, भरत रिजाल लगायतको समूहको समर्थनमा चुनावमा उठेको क्यान्डीडेट हुन् । हाल उनी आइमार्क नामक कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । केहि समय विदेशमा बसेर हाल नेपालमा काम गरिरहेका उनी छोटो शब्दमा भन्दा भरत रिजाल समूहका उम्मेदवार हुन् ।
प्रतिक्रिया दिनुहोस्