काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आगामी काउन्सिलका लागि औपचारीक चुनावी सरगर्मी सुरु भएको छ । सोमबार केहि उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराईसकेका छन् भने मंगलबार बाँकी उम्मेदवारले मनोनयन दर्ता गराउनेछन् । सोमबार सिए युद्धराज ओली, सिए क्षेत्र गोपाल प्रधान, सिए सतिश चन्द्र लाल, सिए सन्तोष लम्साल लगायतले मनोनयन दर्ता गराएका छन् भने आज बाँकी सिएहरुले मनोनयन दर्ता गराउनेछन् ।
१० पदका लागि झन्डै १६ जना भिड्न लागेको यसपालीको चुनावमा आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओली, अघिल्लो पटक चुनाव हारेका तर यसपाली राम्रो तयारी गरेका क्षेत्र गोपाल प्रधान, बहालवाला काउन्सिल सदस्य सुरेन्द्र श्रेष्ठ, जोशी एण्ड भण्डारी अडिट फर्मका पार्टनर प्रविन झा, बाहिर खास नदेखिने तर भित्र राम्रो पीआर भएका सुजन श्रेष्ठ, थुप्रै पटक उपाध्यक्षको चुनाव हारेर यसपाली ठुलो सम्भावना बोकेका भास्कर लाला, यसअघि यो पटक उपाध्यक्ष बनाइदिन्छु भन्ने आश्वासन पाएका बहालवाला काउन्सिल सदस्य पियुष आनन्द, एक्यानको अघिल्लो चुनावमा महासचिवमा पराजित भएका जयनारायण प्रतिहस्त, जनरल इन्स्योरेन्सका अध्यक्षसमेत रहेका कुनाल कायल, अनुशासन समितिमा पेन्डीङ रहेको अनुशासनको मुद्धाका अभियुक्त महेश खनालको समर्थनमा उठेका सतिश चन्द्र लाल, पपुलर भोटका दाबेदार राम चन्द्र खनाल, एक्यानका पूर्व महासचिव सन्तोष लम्साल, यस अघि चुनावहारेका तर यसपाली बलियो सम्भावना रहेका सुजन काफ्ले, र नेपाल बोर्डबाट पास आउट भएर हाल प्राक्टिसमा रहेका हेम काफ्ले, प्राक्टिसमै रहेका अर्का सिए अमन उप्रेती, र आइक्यानमा भ्रष्टाचारको आरोप लागेसँगै बाहिरिएका आइक्यानका पूर्व कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठ उठ्दैछन् भने एक्यानका पूर्वअध्यक्ष हरि सिलवाल ले पनि चुनावमा उठ्ने रहर गरेका छन्।
‘चुनाव टफ नहुने भो…’, को छ पपुलर भोटको दाबेदार ?
यसपाली उम्मेदवारको लिष्ट हेर्दा चुनाव खासै टफ नहुने देखिएको छ । उठिसकेका र उठ्न लागेका गरी १६ जनामध्ये ६ जना कन्फर्म हार्ने खालका उम्मेदवार छन् । एक उम्मेदवारले त डबल डिजिट भोट पनि ल्याउन गाह्रो छ । उनी दोश्रो अनलराज भट्टराई बन्ने लाइनमा छन् । यसअघि अनल राज भट्टराईले ४ भोट ल्याएको इतिहास छ । २ उम्मेदवार जित्न भन्दा बढी भोट काट्न उठेको प्रष्ट छ । ठिक १० जनाको स्पष्ट जीत र बाँकी ६ जनाको स्पष्ट हार देखिएको चुनाव खासै गतिलो चुनावजस्तै नहुने अधिकांसको विश्लेषण छ ।
यता चुनावमा कसले पपुलर भोट ल्याउला भन्ने चर्चा पनि उस्तै छ । उपाध्यक्ष भएकै कारण युद्धराज ओलीको पपुलर भोट आउने विश्लेषण केहिको छ । तर सुजन काफ्ले, सुजन श्रेष्ठको भोट बैंक पनि उही भएको र हरि सिलवाल उठेको खण्डमा तीनले पनि केहि भोट काट्ने हुनाले युद्ध राज ओलीको पपुलर भोट आउने कुरामा शंका छ ।
सबै भन्दा बढी पपुलर भोट आउने आशा गरिएका पात्र हुन् राम चन्द्र खनाल । यसो त नील सारु उठ्दाउनका लागि चुनाव कठिन हुने शंका गरिएको थियो । तर नील सारु नउठ्नु, CA In Industry बाट एकमात्र उम्मेदवार हुनु, बैंकिङ क्षेत्रका एक मात्र उम्मेदवार हुनु, र प्रस्तावक र समर्थकमा धेरैका आदर्श पात्रलाई राख्ने तयारी हुनुले पनि उनको सम्भावना बढेर गएको हो । तर नील सारु नउठ्ने भएपछी ढुक्कझैं देखिएका खनालले मेहेनत भने गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्