
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- आइक्यानको मान्छेले जित्नुपर्छ भन्ने सेन्टिमेन्ट धेरैसँग थियो । आइक्यानको प्रोडक्टमध्ये उठेका दई सुरेन्द्र श्रेष्ठ र क्षेत्र गोपाल प्रधान दुबैलाई चुनाव जिताउनुपर्छ भन्ने आसय धेरैको थियो । नहोस् पनि किन, कानु भएपनि आफ्नै मामा जाति हुन्छ । आइक्यानमा संघर्ष गरेर सिए बनेकाहरुलाई यी दुई पात्र जसरी पनि जिताउनु थियो । त्यसमाथि लामो समय आइक्यानको काउन्सिल सदस्य बनेका सिए नै क्षेत्र गोपाललाई जिताउन भनेर अहोरात्र खटिएका थिए । केहि ‘रेडिकल आइक्यानिष्ट’हरु दुवै उम्मेदवारलाई जिताउन भनेर लागि परेका थिए । तर मनको घाउको पाप्रो देख्दादेख्दै क्षेत्र गोपाल प्रधानलाई कसले भोट हाल्नु ! अन्त्यमा उनको लजास्पद हार भएरै छोड्यो !
सबैले सिक्नुपर्ने पाठ, ‘बचनको घाउ निको हुँदैन’
क्षेत्र गोपाल प्रधान अलि बढी नै प्याच्च बोल्थे । मनमा जे आयो त्यहि भन्थे अरुलाई । यसको ठुलो रियाक्सन भयो चुनावमा । आइक्यान भनेर मान्नेहरु प्राय सबैले सुरेन्द्र श्रेष्ठलाई भोट दिए । किन कि श्रेष्ठ सबैका प्यारा छन् । कसैलाई नराम्रो भन्दैनन् । कुटनीतिक कुरा गर्छन् । नेता भएपछि भोटरको चित्त दुखाउनु हुँदैन भन्ने कुरा प्रधानले यसपाली राम्रैसँग बुझेको हुनुपर्छ । प्रधान त एक प्रतिनिधि पात्र मात्र हुन् । सबैले सिक्नुपर्छ यो पाठ, ‘रुखो बोली नबोल निरमाया, बचनको घाउ निको हुँदैन !’
आइक्यानका प्रोडक्टहरुले नै गरेको गल्तीको सजाय !
यसो त उम्मेदवार छान्दा अलि होस् नपुर्याउनु आइक्यानका विभिन्न समूहहरुको गल्ती नै थियो । हुन त मान्छे नै भएनन् के गर्ने भन्ने उनीहरुको गुनासो नभएको होइन । तर जो तीतो बोलेरै बदनाम छन् बजारमा तिनलाई उठाएर कसरी जितिएला र ? भन्ने कुरा बुझ्नुपर्थ्यो सबैले । चुनावका बेला मतदानस्थलमै केहि सिएहरु भन्दै थिए, ‘क्षेत्र गोपालका भोट म गनेर देखाईदिन्छु, पक्का जित्छन्।’ अव त सबैलाई चेत आयो होला, चुनावमा भोट कागजमा गनेर हुन्न, बाक्सामा खसालेपछि मात्र आउँछ ।
प्रतिक्रिया दिनुहोस्