
दिल्लीमा रही सिए अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले केहि समय अघि गएको भूकम्पबाट आफुहरु सुरक्षित रहेको बताएका छन्। दिल्लीमा शक्तिशाली भूकम्प गएको खबर सार्वजनिक भएपछि सिए सरोकारसँग कुराकानी गर्दै नेपाली सिए विद्यार्थीहरुले आफुहरु सुरक्षित भएको बताएका छन्।
यसै क्रममा केहि विद्यार्थीहरु नेपाल आउने तयारी गरिरहेको बताएका छन् भने केहि विद्यार्थीहरुले परिक्षाका कारण दिल्लीमै बस्ने बताएका छन्। अहिलेसम्म त्यस्तो कुनै दुखद् घटना नभएको समेत विद्यार्थीहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्