Skip to content

पढाइको प्रेसरमा भूकम्पको अर्को तनाव ! सिए विद्यार्थी भन्छन्, ‘पढाइमा डिस्टर्ब भो !’

काठमाडौँमा फेरि अर्को  भूकम्पको धक्का महसुस भएको छ।  अहिले विहान १० बजे  भुकम्पको धक्का महसुस भएको हो।  सिन्धुपाल्चोक केन्द्रबिन्दु भइ ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।  धेरै दिनपछी आएको भूकम्पका कारण कतिपय ठाउँका जनताहरु घर बाहिर निस्केका छन् भने कति सानो भूकम्प भन्दै घर भित्र नै बसेका छन्। 
आउँदो डिसेम्बर महिनाको परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई भुकम्पले अर्को तनाव थपिदिएको छ। एकसुरले पढिरहेका कतिपय विद्यार्थीहरुलाई अव पढ्ने  भाग्ने भन्ने चिन्ता भएको छ।  ‘सानो हो भनेर बाहिर निस्किन, तर ५.३ भने पछि भने डर लाग्यो’ क्याप थ्रीको परिक्षाको तयारी गरिरहेका एक विद्यार्थी भन्छन्। 
भुकम्प आउँदा घर भित्रै बस्दा गाली खाइएको अर्का एक सिए विद्यार्थीको कथन छ। ‘सानो तिनो हो भनेर घर भित्रै बसेर पढ्दै थिएँ।  तर घरबाट गाली गरेपछि झन् तनाव भो !’ क्याप टुको परीक्षाको तयारी गरिरहेका एक अर्का विद्यार्थीले बताए। 
यसरी बेला बेलामा आएको भूकम्पका कारण पढाइमा निकै नै डिस्टर्ब भएको विद्यार्थीहरु बताउँछन्।  

प्रतिक्रिया दिनुहोस्