
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । आइतबारबाट सुरु भएको सिएको परिक्षा दिन विद्यार्थीहरु ज्यानको बाजी थापेर परिक्षा सेन्टरसम्म पुगेका छन् । एकातर्फ परिक्षाको तनावमा रहेका विद्यार्थीहरुलाई अर्कोतर्फ कोभिडकोसमेत चिन्तामा छन्। त्यसमाथि कोभिडका लक्षण देखिएका विद्यार्थीपनि परिक्षा सेन्टरसम्म पुगेको देखिएको छ ।
स्वास्थ्यभन्दा परिक्षाको चिन्ता भएका, र कोभिडका लक्षण देखिएका, रुघा लागेका विद्यार्थीहरुपनि परिक्षा सेन्टरमा देखिएका छन् । विद्यार्थीलाई परिक्षा हलमा स्वास्थ्य मापदण्डअनुसार राखिएको भएपनि बाहिरको चहलपहल देख्दा विद्यार्थीहरु स्वास्थ्य मापदण्डको अनुशासनमा छैनन् ।
आइक्यानले स्वास्थ मापदण्ड अपनाउन प्रयास त गरेको छ तर त्यो प्रयास आवश्यकजति भने सार्थक देखिएको छैन ।आइक्यानको फितलो तयारीका कारण विद्यार्थीहरु परिक्षा सेन्टर रहेका २ भवनमध्ये आफ्नो ठाउँ कता हो भन्ने विषयमासमेत कन्फ्युजनमा देखिएका छन् ।
यसो त परिक्षा सेन्टरमा पुगेका आइक्यानका कर्मचारीसमेत कोभिडको जोखिममा देखिएका छन् ।
यता परिक्षा भने सदाझैं सार्है मर्यादित रुपमा चलेको पाइएको छ ।
विद्यार्थीको परिक्षा भएपछी अव चुनाव पनि पक्का हुने भएको छ । विद्यार्थीको परिक्षा नगरी चुनाव गर्न नैतिक रुपमा अफ्ट्यारो हुने हुनाले पनि सकेसम्म विद्यार्थीको परिक्षासक्ने गरी अगाडी बढेको भन्दै आइक्यानको चौतर्फी विरोध भइरहेको छ।
यता काठमाडौँका सेन्टरमाझैं देशका विभिन्न स्थानहरुमा पनि आइक्यानको परिक्षा चलिरहेको छ । काठमाडौँको तुलनामा काठमाडौँबाहिर सुरक्षा मापदण्ड बढी अपनाइएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्