सिए बन्न कति गाह्रो छ भन्ने कुरा सिए पढिरहेका वा पास भएकाहरुलाई नै थाहा छ। आफुलाई सिएको उपनामले चिनाउन कति कठिन छ भन्ने भोगाई पनि तिनैलाई थाहा छ। तर बजारमा यस्ता नक्कली सिएहरुको बिगबिगी रहेको खुलासा भएको छ। प्रसंग हो नेपाली बजारमा रहेका आफुलाई सिए भन्ने नन् – सिएहरुको। दलाल बनेर विभिन्न संस्थाका लेखा परिक्षण सम्बन्धि काम लिने र बजारमा रहेका आर.ए र उस्तै परे केहि सिएहरुलाई सहि गर्न लागाएर दलाली गर्नेहरु नेपाली बजारमा थुप्रै रहेको पाईएको छ। पछिल्लो समय यस्तै एक घटनाको खुलासा भएको छ। काठमाण्डौ बानेश्वरस्थित एक कन्सलटेन्सीको लेखा परिक्षण गर्ने काममा आफुलाई सिए भएको बताउने एक व्यक्तिले काम गर्ने गरेको र विभिन्न बहानामा अन्य शुल्क पनि मागेपछी संका लागेर केरकार गर्दा उनी सिए नभएको खुलेको हो।
“हुन त यसखाले एजेन्टको काम गर्न कुनै पनि कानुनले निषेध गरेको छैन, तर पनि आफुलाई एजेन्ट भने भैहाल्यो नि ! सिए भनेर किन ढाट्नु ? ” कन्सलटेन्सीका प्रबन्ध निर्देशक इश्वर श्रेष्ठ बताउंछन्। मलाई पटक पटक विभिन्न बहानामा पैसा मागेको भन्दा पनि सिए भनेर ढाटेकोमा रिस उठेको हो ” प्रबन्ध निर्देशक श्रेष्ठले सिए सरोकारलाई भने। उनले आफुले लेखा परिक्षण गरे बापत विभिन्न संघ संस्थामा शुल्क बुझाउनु पर्ने भन्दै थप रकम मागेपछी निर्देशक श्रेष्ठलाई उनी सिए भन्ने बारे संका लागेको हो। पुष मशान्त सकिए पनि आफुले आफ्नो संस्थाको लेखा परिक्षण नगराएका कारणले यस बारे जान्ने व्यक्ति खोज्दै जाँदा उनका एक साथीले ती गैर सिएलाई परिचय गराएका हुन्। आफुसंगको भेटमा उनले आफुले सिए पढेको भन्दै त्यस सम्बन्धि विभिन्न गफहरु दिएको श्रेष्ठ बताउँछन्। ” उहाले मलाई लेखा परिक्षण शुल्क बाहेक थुप्रै शिर्षकमा पैसा माग्नु भयो। मैले पनि सिए सम्झेर दिएँ। तर पछि लेखा परिक्षण रिपोर्टमा एक आरए को नाम हुने बताएपछि मैले उहाँलाई यसबारे सोध्दा आफ्नो फाइल संख्या १०० भएको र फाइल संख्या नाघिसकेकाले अरुलाई सहि गर्न लाउने बताएपछी मैले यस बारे बुझेको हुँ। पछी मैले सिएहरुसंग सीओपी भन्ने नम्बर हुन्छ भन्ने थाहा पाएर उहाँलाई अप्रतक्ष रुपमा सोधें। उहाँ अकमकिए पछी मैले अरु केरकार पनि गरें। अन्त्यमा थाहा भयो , उहाँ नक्कली सिए र सक्कली दलाल हुनुहुँदो रहेछ।” श्रेष्ठले सिए सरोकारलाई भने।
आईक्यानसंग यस सम्बन्धि कुनै नीति छैन : आईक्यानको नीति अनुसार आईक्यानको सदश्यता नलिएका जो कोहिले आफ्नो नामको अगाडी सिए लेख्न पाउंदैन। तर अरुलाई भन्दा सिए हुँ भन्न पाईदैन भन्ने नियम हुनु असम्भव भएका कारणले पनि यसखाले गैर सिएहरुले आफुलाई सिए भएको भन्दै अनाबश्यक फाइदा लिईरहेका छन्। यता यसखाले गैर सिए हरुले ल्याएका कामहरुमा केहि हजार लिएर सहिछाप लगाउने आफ्ना सदश्यहरुलाई पनि आईक्यानले कारवाही गर्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्