Skip to content

बधाई छ ! : चार्टड एकाउन्टेन्ट दिनेश थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ) पदमा नियुक्त !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)का पूर्वमहासचिव समेत रहेका चार्टड एकाउन्टेन्ट दिनेश थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ) पदमा नियुक्त भएका हुन् । भाद्र १ गते देखि उनले प्रभु बैंकमा सीओओको कार्यभार सम्हालेका हुन् । यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीइओ रहेका उनले नेपाल बोर्ड अन्तर्गत सिए अध्ययन पूरा गरेका थिए । 
सिए थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङ्गटन, हिडा, जापान, एआइटी, थाइलैण्ड, फिच्ट लर्निङ्ग, सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विद्यामा अध्ययन तथा तालिम लिएका छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकाली सांग्रीलाको सीइओ हुने चर्चा भएपनि बैंकभित्रको विवादका कारण उनले कर्मर्सियल बैंकमा करियर अगाडी बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्