Skip to content

Breaking : कर फर्छ्योट प्रकरणमा मुछिएका ढकाल र महत जेलबाट छुटे, परिवारमा खुसीको माहोल !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- कर फर्छ्योट प्रकरणमा मुछिएर पछी अदालतसामु आत्मसमर्पण गरेका दुइ सिए लुम्बध्वज महत र उमेश ढकाल धरौटीमा रिहा भएका छन् । अहिले बेलुका ७:३० बजे उनीहरु धरौटीमा रिहा भएका हुन् ।

ढकाललाई लिन उनका छोरा डिल्लीबजार कारागारमा पुगेका थिए भने महतलाई लिन उनको परिवार नै त्यहाँ पुगेको थियो । महत र ढकाल निस्किएपछी उनीहरुको परिवारमा खुसी छाएको छ । महतको परिवारका सदस्यहरु महत निस्किएपछी आँसु झार्दै घर हिंडेका छन् ।

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार बैंक ग्यारेन्टीको फर्म्याट नमिलेको भन्दै उनीहरु छुट्न ढिलो भएको थियो । पछी सबै प्रक्रिया मिलेपछि उनीहरु घर गएका छन् । महत र ढकाल हाल घरमा आराम गरिरहेको अर्थ सरोकार डटकमलाई विशेष स्रोतले जानकारी दिएको छ ।        

प्रतिक्रिया दिनुहोस्