Skip to content

आईसीएआई मान्यता प्रकरण : भाइरल भएको दीपक पाण्डेको यो भाषण ! तपाईंले हेर्नुभयो ?


  • सिए सरोकार सम्बाददाता
काठमाडौँ – आइक्यानले अव आईसीएआईमा भर्ना हुने विद्यार्थीहरुलाई नेपालमा सदस्यता नदिने निर्णय गर्न लागेको दिन आइक्यान पुगेका विद्यार्थीहरुलाई सम्बोधन गर्दै दीपक पाण्डेले भाषण गरे ।

सधैंजसो मीठो बोल्ने र कतै भाषण गर्दापनि सुक्ष्म रुपमा आफ्नो तर्क प्रस्तुत गर्ने पाण्डे उक्त दिन केहि ‘रिसाहा’ मुडमा देखिए । विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले यतिसम्म भन्न भ्याए कि, ‘मान्यता नदिने हो भने नेपालको पहिलो सिए कुवेर शर्मादेखि सुरु गर ।’ विद्यार्थीहरुको हौसला पाउँदै गर्दा उनले भने, ‘आईसीएआई पढ्न जाने विद्यार्थीको संख्या यसैपनि घटेको छ । किन यतिसम्म गरिरहनु पर्थ्यो र ?’

समग्रमा दीपक पाण्डेभित्रको अर्को दीपक पाण्डे देखे, देख्नेहरुले त्यो दिन । तपाईंहरुले पनि हेर्नु भएको छैन भने हेर्नुहोस् यो भिडियो : 
भिडियो सौजन्य : डेस्टिनेशन सिए 

प्रतिक्रिया दिनुहोस्