Skip to content

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा चार्टड एकाउन्टेन्ट शाह नियुक्त

काठमाडौँ । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा चार्टड एकाउन्टेन्ट देवेन्द्र प्रताप शाह नियुक्त भएका छन् । ग्लोबल आईएमई र जनता बैंकले मंसिर २० देखि मर्जरपछि पहिलोपटक एकीकृत कारोबार सुरु गरेका थिए। नेपाल बैंक लिमिटेडबाट केहि समयअघि चार्टड एकाउन्टेन्ट देवेन्द्रप्रताप शाह बाहिरिएका थिए । त्यसपछि उनी खाली थिए । 
नेपाल बैंकका सीइओ रहँदा बैंकलाई प्रविधि, जनशक्ति र वित्तीय सूचकका हिसाबले देशकै प्रतिस्पर्धी बैंक बनाउन सफल भएका उनले अत्याधुनिक कम्युटराइज सिस्टम बैंकमा भित्र्याउन, कर्मचारीहरुलाई पनि नयाँ प्रविधिसँग काम गर्न सक्षम बनाउनसमेत सफल भएका थिए ।
उनी अनुभवी बैंकरका रुपमा चिनिन्छन् । उनी निकै सिनियर चार्टड एकाउन्टेन्ट हुन्। 

प्रतिक्रिया दिनुहोस्