Skip to content

‘कस्टमस् एण्ड एक्साइज’ बिषयको पुस्तक बजारमा

सिए सूर्यभक्त पोखरेल र सिए बिष्णु प्रसाद भण्डारीले  संयुक्त रुपमा लेखेको को पुस्तक ‘भ्यालु एडेड ट्य्कास’को सफलता सँगै यिनै लेखकको अर्को पुस्तक बजारमा आएको छ । गत सातादेखि  उक्त पुस्तक बजारमा आएको हो।  पछिल्ला  परिमार्जन ऐनहरुलाई समेत समेटेर पुस्तक प्रकाशित गरिएको छ ।

उक्त पुस्तक  विशेष गरी सिए अध्ययन गर्ने विद्यार्थी हरुलाई निकै नै  उपयोगी हुने बताइएको छ।  यस अघि यिनै लेखकले प्रकासित गरेको पुस्तक ‘भ्यालु एडेड ट्य्कास’ पनि नेपाली सिए विद्यार्थीहरुले आफ्नो लागि निकै उपयोगी भएको प्रतिक्रिया दिएका थिए।  

पुस्तक नयाँ बानेश्वर स्थित प्राइम सिए, आइक्यान नजिकैको स्टेसनरी र सिए सरोकारमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ।  प्राइम सिएका विद्यार्थी नरहेका र आइक्यानको उक्त स्टेसनरी नदेखेकाहरुले सिए सरोकारको फेसबुक पेज www.facenook.com/casarokar मा सम्पर्क गरी उक्त किताबको माग गर्न सकिनेछ। पुस्तकको मूल्य ४९५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्