Skip to content

बजारमा ‘उत्कृष्ट करदाता’ बारे तातो गफ !

चौथो कर दिवसको अवसरमा बुधबार गरिएको कार्यक्रममा लेखा व्यवसायीहरुमध्ये सबैभन्दा बढी कर तिर्ने सिए फर्मको रुपमा सीएससी एण्ड कम्पनी सम्मानित भएपछी उक्त फर्मबाट दुइ तिहाइ भन्दा ठूलो समूह भिन्न भएर स्थापित भएको एलडीएसए एसोसीएट्ससँग जोडेर विभिन्न विश्लेषण हुन थालेका छन् । सीएससीले पाएको सम्मानसँगै सीएससी बिगत झैं उत्कृष्ट नै रहेको विस्लेषण एकाथरीको छ भने साविक भन्दा एक तिहाईको साईजमा सीमित सीएससीले पाएको सम्मानकै आधारमा उसलाई नेपालको उत्कृष्ट वा अब्बल फर्म वर्तमान परिप्रेक्षमा गर्न नहुने केहीको तर्क छ ।


आर्टिकलहरुबीच पनि उस्तै चिया गफ  : एलडीएसए र सीएससीमा काम गर्ने सिए मात्र होइन आर्टिकलहरुबीच पनि यस्तै चिया गफ हुन थालेको छ।  सीएससी एण्ड कम्पनीले पाएको सम्मानसँगै कुन फर्म अब्बल भन्ने विभिन्न खाले विश्लेषणहरु आर्टिकल तहमै हुन थालेको छ ।  सीएससी एण्ड कम्पनी हालसम्म उत्कृष्ट नै रहेको सीएससीका आर्टिकलहरुको दावी छ भने एलडीएसए हालको नेपाली बजारमा आब्बल रहेको एलडीएसएका आर्टिकलहरुको दावी छ ।

के भन्छन् विश्लेषकहरु ?  आर्थिक बर्ष २०७० र ७१ को आयका आधारमा तिरेको करबाट सीएससी एण्ड कम्पनीले उत्कृष्ट करदाताको सम्मान पाएकोमा आफुहरु खुसी रहेको बताउँदै विश्लेषकहरुले उक्त कारोबारका समय सीएससी र हालको एलडीएसएसंगै रहेकाले उक्त सम्मानबाट एलडीएसएमा हाल रहेका जो कोहि पनि खुसी हुनुपर्ने बताएका छन्।  जो उत्कृष्ट भएपनि सरकारले लेखा व्यवसायीहरुको महत्वलाइ चिन्दै तिरेको करका आधारमा गरेको सम्मानलाइ सबै लेखा व्यवसायीहरुले निकै नै सकारात्मक रुपमा लिनुपर्ने बताएका छन्। सीएससी एण्ड कम्पनी र एलडीएसएको अब्बल भन्ने प्रतिष्पर्धा भएपनि अन्ततस् त्यसले नेपाली सिए क्षेत्रलाई नै फाइदा पुग्ने विश्लेषकहरुको भनाइ छ ।

साविकको सीएससीको दुइ तिहाइ भन्दा बढी नेतृत्व वर्ग र पेशाकर्मीबाट स्थापित   एलडीएसए आर्थिक वर्ष २०७० / ७१ को करदातामा सामेल नभएको एलडीएसए निकट केहि सिएहरुले स्पष्ट पारेका छन्।  आ. व २०७१/ ७२ देखि सीएससीबाट दुइ तिहाई भन्दा ठुलो समूह भिन्न भई एलडीएसएमा जानु पूर्वको आयबाट उत्कृष्ट करदातामा पर्नु ठुलो कुरा नभएको उनीहरुको तर्क छ। 
सीएससीबाट  ठुलो समूह, नेतृत्व तथा ठुला क्ल्याइंट सहित गएपछि आउने वर्ष यो सम्मान कुन फर्मले हात पर्छ भन्ने कुराले फर्मको वर्तमान स्थिति थाहा हुने समेत उनीहरु बताउँछन्। वर्तमान प्रतिष्पर्धामा आफुहरु अब्बल भएको बताउंदै उनीहरुले कुनै अरु फर्मले आफु संगै रहंदा ताकाको कारोबारका आधारमा तिरेको करबाट पाएको सम्मानले आफुहरुलाई कमजोर रुपमा प्रस्तुत गर्न कुनै पनि तरिकाले नमिल्ने समेत स्पष्ट पारेका छन्।
अव अर्को बर्ष यो सम्मान कसले हात पार्ला भन्ने विषयमा ’पर्ख र हेर’ को स्थितिमा नेपाली लेखा व्यवसायीहरु छन्।

प्रतिक्रिया दिनुहोस्