Skip to content

सिपिटीको नतिजा : प्राइमका अनुप देवकोटा भए नेपाल टपर, नेपालको समग्र नतिजा पनि उत्कृष्ट

आइसीएआइ अन्तर्गत सिएको पहिलो तहको गत जुन महिनामा लिइएको परीक्षाको केहि दिन अगाडी प्रकाशित नतिजामा नेपालबाट परिक्षा दिनेहरुको उत्कृष्ट नतिजा आएको छ । नेपालबाट परिक्षा दिएकाहरुमध्ये ६० % भन्दा बढी विद्यार्थी उतिर्ण भएका छन् । 
यता नेपालबाट प्राइम सिएका विद्यार्थी अनुप देवकोटाले १८७ (९३.५%) ल्याउन सफल भएका छन् । उनको यो नतिजा नेपालबाट परिक्षा दिनेहरुमध्ये सबैभन्दा बढी हो । यसपाली आइसीएआइले संचालन गरेको सीपीटिमा भारतभरमै प्रथम हुनेको १९४ अंक छ । यसअघि प्राइमका अनुपनै आइसीएआइ प्रथम भएको अनुमान गरिएको थियो ।
साथै प्राइमको समग्र नतिजा उत्कृष्ट छ । बिगतदेखि नै उत्कृष्ट नतिजा ल्याउँदै आएको प्राइम सिएले स्थापना काल देखिनै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।
‘अनुप देवकोटा नै भारत भरकै प्रथम भएको अनुमान गरिएको थियो । यद्यपी हाम्रो समग्र नतिजाले हामीलाई थप उल्लास दिएको छ । सिएको परीक्षाको नतिजामा उत्कृष्टतालाई  निरन्तरता दिन सकेकोमा हामी निकै खुसी छौं । विद्यार्थी तथा अविभावकको हामीप्रतिको विश्वासलाइ कायम राख्न सकेकोमा हामी खुसी छौं ।’ सिए सरोकारका दिल्ली सम्बाददाता ऋषि राम अधिकारीसंग कुराकानी गर्दै प्राइम सिएका अध्यक्ष नवराज बुर्लाकोटीले भने ।
प्राइमको भारतस्थित साखाको नतिजा पनि उत्कृष्ट छ । भारतमा रहेर पनि नेपालीले संचालन गरेको सिए इन्स्टिच्युट प्राइमको नतिजाले समग्र दिल्लीको सिए बजारमा नै नयाँ छाप छोडेको प्राइम सिए दिल्लीका संयोजक गोबिन्द पोखरेलले बताएका छन् ।       
यता सीपीटिको परिक्षामा आफ्नो विद्यार्थीले आइसीएआइ टप गरेको सिए इन्स्टिच्युट एओसीको समग्र नतिजा पनि राम्रो छ । एओसीबाट ९० % भन्दा बढी विद्यार्थी उतिर्ण भएका छन् । उक्त सीए इन्स्टिच्युटबाट गणेश भट्टराईले ९० % अंक ल्याउन सफल भएका छन् । ‘हामी हाम्रो नतिजा बाट निकै खुसी छौं । आइसीआइले सीपीटिमा र्यांक घोषणा गर्ने कार्यको अन्त्य गरेको छ । घोषणा भएको खण्डमा हाम्रो यसपाली पनि केहि र्यांक अवश्य आउँथ्यो। ‘ एओसीका प्रबन्ध निर्देशक दीपक पाण्डेले सिए सरोकारलाइ बताए ।    
यस अलावा सीसीएमए, सीएआइ, र सीमाको नतिजा पनि राम्रै छ ।  सीमामा सबैभन्दा बढी अंक एक विद्यार्थीले  ८२.५ प्रतिशत ल्याएका छन् ।  

प्रतिक्रिया दिनुहोस्