प्राईम
सिए का CPT को
REGISTRATION FORM हरु ICAI ले फिर्ता गरेको हल्ला गलत: नबराज बुर्लाकोटी
सिए का CPT को
REGISTRATION FORM हरु ICAI ले फिर्ता गरेको हल्ला गलत: नबराज बुर्लाकोटी

सिए का अधक्ष नबराज बुर्लाकोटीले “प्राईम सिए” को CPT को सम्पूर्ण
REGISTRATION FORM हरु ICAI ले फिर्ता गरेको हल्ला गलत भएको बताउनु भएको छ ।
प्राईम सिएको सम्पूर्ण REGISTRATION FORM फिर्ता भएकाले अब प्राईम का कुनै
बिद्यार्थीले यसपाली CPT को परिक्षा दिन नपाउने खबर भ्रामक भएको बताउदै
बरु अन्य केही INSTITUTE को FORM ICAI ले फिर्ता गरेको दाबी गर्नु भएको छ ।
प्राईम सिए को पोस्ट बक्स नम्बर कालो
सुचीमा परेको हल्ला समेत कपोकल्पित भएको बुर्लाकोटिले बताउनु भएको छ । सिए
सरोकार सँग टेलिफोन मा कुरा गर्दै बुर्लाकोटीले एस्तो बताउनु भएको हो ।
केही समय अघी प्राईम का 7 बिद्यार्थीको REGISTRATION FORM हराएकोमा पछी
तिनिहरुले पनि परिक्षा दिन पाएको बुर्लाकोटीले बताउनु भएको छ । प्राईमका
बिद्यार्थीले अबको CPT को परिक्षा मा सामेल हुन नपाउने खबर ले बजार तताएपछी
बुर्लाकोटी सँग सिए सरोकारले सोध्पुछ गरेको थियो । यसै क्रममा यस्ता
भ्रामक खबर को पछी नलागी निर्धक्क रुपमा परिक्षा को लागि तयारी गर्न
बिद्यार्थीलाई बुर्लाकोटिले अनुरोध गर्नु भएको छ।
प्रतिक्रिया दिनुहोस्