Skip to content

अष्ट्रेलिया जाने सोच छ ? हेर्नुहोस् सिए र क्याप टु पास गरेकाहरु कसरी बन्न सक्छन् CPA-Australia को सदश्य

आइक्यानबाट सिए उतिर्ण गरेका र क्याप टु उतिर्ण गरेकाहरुले निम्नानुसार सीपीए अष्ट्रेलियाको सदाशयता लिन पाउनेछन् :

आइक्यान बाट सिए उतिर्ण गरेकाहरुले निम्नानुसारका पेपरहरु उतिर्ण गरेर सीपीए अष्ट्रेलियाको सदस्यता लिन सक्नेछन् :

  • Ethics and Governance
  • Strategic Management Accounting
  • Financial Reporting
  • Global Strategy and Leadership 
यता क्याप टु उतिर्ण गरेकाहरुले भने यी विषयहरु उतिर्ण गरेर सीपीए अष्ट्रेलियाको सदश्य हुन सक्नेछन् :
  • Ethics and Governance
  • Strategic Management Accounting
  • Financial Reporting
  • Global Strategy and Leadership ​
यी मध्येका दुइ :
  • Two elective subjects
  • ​Advance Taxation
  • Advance Audit and Assurance
  • Financial Risk Management
  • Contemporary Business Issue

क्याप टु उतिर्ण गरेका विद्यार्थीहरुले तीन बर्षे आर्टिकलशिप भने सकेको हुनुपर्छ। सदश्य हुन करिव १५ लाख नेपाली रुपैयाँ सीपीए अष्ट्रेलियालाई बुझाउनुपर्छ भने ‘क्रेडिट आओर’ पुग्ने चार बर्षीय दिग्रीए वा ५ बर्षे कार्यानुभव हुनुपर्छ।

यो पनि पढ्नुहोस् :

विद्यार्थीलाई बधाई, नरेन्द्र भट्टराईलाई साधुवाद !, सीपीए अष्ट्रेलिया र आइक्यान बीच सम्झौता !

बिगत लामो समयदेखि तत्कालिन आइक्यानका अध्यक्ष नरेन्द्र भट्टराइले गरेको प्रयास अन्तत: सफल भएको छ । आइक्यान र सीपीए अष्ट्रेलियाबीच सम्झौता भएको जानकारी आएको छ । आइक्यानले भने यो सम्झौतालाई अहिलेसम्मनै गोप्य नै राखेको छ । 
सम्झौता अनुसार आइक्यानबाट सिए उतिर्ण गरेका सिएहरुले अब सीपीए अष्ट्रेलियामा कुल ४ पेपरको परिक्षा उतिर्ण गरेर त्यहाँको सदश्यता लिन सक्नेछन् । यद्यपी सीपीए अष्ट्रेलिया त्यहाँको नियमनकारी सिए संस्था भने होइन । र त्यहाँको सदश्यता पाउने बित्तिकै अष्ट्रेलियामा लेखापरीक्षण गर्न पाउने भने होइन । 
सीपीए अस्ट्रेलियाका अनुसार आइक्यानबाट उतिर्ण भएका सिएहरुले त्यहाँको अन्य बिषयको एक्जम्शन शुल्क तिरेर ४ पेपरको परिक्षा उतिर्ण गरी त्यहाँको सदश्यता लिन सक्नेछन् ।
यद्यपी जस्तो सम्झौता भएपनि सम्झौता हुनु आफैंमा सफलता भएको आइक्यानका सिएहरु बताउँछन् । नेपालबाट सिए उतिर्ण गरेर पनि उक्त संस्थाको सदश्यता लिन ४ पेपरको परिक्षा सँगै झन्डै नेपाली १५ लाख रुपैयाँ एक्जम्शन शुल्क बुझाउनुपर्नेछ ।

      

प्रतिक्रिया दिनुहोस्