
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- आइक्यानको आठौँ काउन्सिलमा निर्वाचित सिएहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । आइतबार आइक्यानमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई निर्वाचित भएको औपचारिक प्रमाणपत्र प्रदान गरिएको हो । अव असार २९ गते आइक्यानमा अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुनेछ भने सम्भवत: साउन ४ गते नयाँ अध्यक्ष, उपाध्यक्ष लगायतको सपथ कार्यक्रम हुनेछ ।
को को छन् त अध्यक्ष- उपाध्यक्ष हुने लाइनमा ?
हालका उपाध्यक्ष जगन्नाथ उपाध्याय अवका अध्यक्ष बन्नेछन् । उनको उम्मेद्वारी निर्वोरिध हुने पक्का छ । अहिलेसम्म भएको आन्तरिक सहमतिमा अन्यथा नभएमा यसपाली कृष्ण आचार्य निर्विरोध रुपमा आइक्यानको उपाध्यक्ष हुनेछन् भने अर्कोपटक उनी अध्यक्ष बन्ने पक्का छ । त्यसपछि मदन शर्माको पालो आउने आन्तरिक सहमति भइसेको छ । मदन शर्मा अध्यक्ष हुँदा युद्ध ओली उपाध्यक्ष बन्नेछन् र अर्को काउन्सिल चुनाव लडेर उनी अध्यक्ष बन्नेछन् । यद्यपी ओलीलाई अर्कोपटक चुनाव लड्नुनपर्ने गरी दोश्रो कार्यकालमै उपाध्यक्ष बनाउने लविङ पनि सुरु भएको छ । यसो त काउन्सिलमा उठेका सुजन कुमार काफ्ले र भाष्कर लालापनि अध्यक्ष बन्ने नै दाउमा थिए । तर सुनीर ढुंगेलले गम्भीर असहयोग गरेपछि र प्रकाश लम्सालले गम्भीर धोका दिएपछि अन्ततः सुजन काफ्लेले लज्जाष्पद हार व्यहोर्नु परेको थियो । अन्तिम समयमा आएर सुजन काफ्लेले अव जितिसक्यो, जगन्नाथलाई भोट हालौं भन्दै लम्साल कस्सीएका थिए ।
प्रतिक्रिया दिनुहोस्