
काठमाडौँ – मंगलबार आइक्यानले दिक्षान्त समारोह गरिरहेको छ । आइक्यानबाट उतिर्ण भएका सिएहरुलाई पहिलो पटक दिक्षान्त गरिएको हो । समारोह नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले चलिरहेको छ । कार्यक्रममा नेपाल बोर्डबाट उतीर्ण सिए, विभिन्न अतिथि, आइक्यानका काउन्सिल सदश्य लगायतकाको उपस्थिति छ ।
यद्यपी नेपाल बोर्डबाट उतिर्ण कतिपय सिएहरु समारोहमा गएका छैनन् । कतिपयले आफुले नभ्याएका कारण समारोहमा नगएको प्रतिक्रिया दिएका छन् भने कतिपयले उक्त समारोह आवश्यक नभएको प्रतिक्रिया दिएका छन् । कतिपय सिएले भने काम गरेको नै लामो समय भैसकेकाले दिक्षान्तको मर्म विपरित आइक्यानले गरेको काम गलत समेत भएको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्