
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – आइक्यानले गत जुन महिनामा लिएको परीक्षाको परीक्षाफल अन्तर्गत सिमा एकेडेमिक्सले समेत उत्कृष्ट नतिजा ल्याएको छ । क्याप वानको परिक्षा दिएका कुल ३० जनामध्ये २१ जनाले निकै राम्रो अंक ल्याएर उतिर्ण भएको सीमाले जनाएको छ । यता सिमामा अध्ययन गरेका विद्यार्थीको क्याप टुको नतिजा पनि निकै राम्रो छ । क्याप टुबाट ११ जनाले दुवै ग्रुप पास गरेका छन् भने एउटा ग्रुप पास गर्ने पनि धेरै छन् ।
कुनै विद्यार्थी र्यांकमा नपरेपनि समग्र नतिजा सीमाको निकै राम्रो हो । यसैबीच सीमाले उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । आज सीमा एकेडेमिक्समै आयोजित एक कार्यक्रमका बीच सीमाले उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्