Skip to content

कंडेल र पाण्डेय कोषाध्यक्षमा नउठ्ने ! राजु, कमल र नवराजमा अव कसले जित्ला ?

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- कोषाध्यक्षमा उठ्ने घोषणा गरेका नारायण कँडेल र उमेश राज पाण्डेय यसपाली चुनावमा नलड्ने भएका छन् । नारायण कँडेलले चुनावमा आफु नलड्ने भन्दै यसअघि नै आफु उक्त दौडबाट बाहिरिसकेको बताएका छन् भने उमेश राज पाण्डेयले फेसबुकमा स्ट्याटस लेख्दै आफु चुनावमा नउठ्ने बताएका छन् ।  
पाण्डेयले फेसबुकमा लेखेका छन्, ‘एउटा अप्रिय निर्णय, साथीहरुको प्रतिवद्धतालाई सिरोधार्य गर्दा गर्दै पनि! कारण आफू नै! राजनीति हो, रणनीति चल्छ; तर रणनीति के का लागि? पेशागत एक्यबद्धता कि व्यक्तिगत शुभलाभ? मुद्दा महत्वपूर्ण कि पद?
सबै कुरालाई मध्यनजर गर्दै, आफ्नाहरु धेरै रिसाउने जान्दा जान्दै पनि, आफ्नाहरुको मायाको भर हुँदाहुँदै पनि, मुख्यत: आफ्नै कारण र सहायक आधारमा अरुका कारण १२ फेब्रुअरी २०१८ का यसै प्ल्याटफर्म मार्फत एक्यान को कोषाध्यक्ष पदमा उमेद्वारी दिन मैले जाहेर गरेको इक्षा हाललाई स्थगित गर्ने कुचेष्टा गरेको छु!
चुनाव उठ्ने माहोलको क्रममा मलाई मनै देखि माया गरी प्रत्यक्ष/अप्रत्यक्ष मतदान गर्छु भनि मलाई हौसला दिने साथी हरुलाई म कृतज्ञता ज्ञापन गर्न चाहन्छु साथै उहाहरुसंग माफी पनि माग्न चाहन्छु! त्यस्तै मेरो पक्षमा भोट माग्नुहुने मेरा प्रिय साथीहरुमा क्षमायाचना गर्न चाहन्छु! तपाई हरुले म माथि प्रकट गर्नु भएको विश्वास अतुलनीय छ, यसप्रति म आभार व्यक्त गर्दछु!
मेरो सिए समुदायप्रतिको समर्पण सधै रहन्छ साथै Stronger ICAN को लागि एक्यान बाहिरबाट नै पनि मेरो योगदान रहीरहने छ!
यस्तो अप्रिय निर्णय लिई चित्त दुखाएकोमा पुनः एकपटक सबै संग माफी माग्न चाहन्छु!
साथै, मोटरसाइकल दुर्घटनामा जीवन गुमाउने हुने मित्र ऋषिजी को आत्माको चीर शान्ति को कामना गर्छु, र घाइते अर्का मित्रको शिघ्र स्वास्थ्यलाभ को कामना गर्दछु!’
उमेश पाण्डेय र नारायण कँडेल नउठ्ने भएपछि अव राजु ढकाल, कमल सिलवाल र नवराज लामिछानेमा कसले कोषाध्यक्षको चुनाव जित्ला भन्ने चर्चा बढेको छ । पाण्डेय नउठेको खण्डमा यी दुबै उम्मेदवार उतिकै बलिया मानिन्छन् ।  

प्रतिक्रिया दिनुहोस्