Skip to content

आइक्यानको काउन्सिल चुनावमा मतदान सुरु, बेलुकी ५ बजेसम्म मतदान हुने !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ-  आइक्यानको काउन्सिलको निर्वाचनका लागि मतदान सुरु भएको छ । सिंहदरबार अगाडी रहेको नेशनल ट्रेडिङको हाताभित्र रहेको योगम्बर बैंकोइटमा निर्वाचन हुँदैछ । निर्वाचन परिसरमा विहानैदेखि सिएहरुको बाक्लो उपस्थिति छ ।  १० जना काउन्सिल सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएका छन् । 


विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान कार्य हुनेछ । निर्वाचनको सबै तयारी सकिएको छ । उम्मेदवारहरु विहानै मतदान स्थल परिसरमा देखिएका छन् । अन्तिम पटक भोट माग्ने प्रक्रिया पनि भइरहेको छ । आजको निर्वाचनको मतगणना आज बेलुका नै हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्