Skip to content

“मेहेनती बिधार्थी पनि फेल हुँदा त्यसको नकारात्मक असर परेको छ” :सम्पन्न पाण्डे , चार्टड फेस

 ” मलाई धेरैले सिए बन्न हौसला दिएका छन् ” हाल ब्राइटलाईट कलेजमा अध्ययनरत सम्पन्न पाण्डे यो देशको चर्चित सिए बन्न चाहान्छन्।  आफु मेहेनती बिधार्थी भएकाले सिए पढ्न खोजेको बताउने उनलाई थाहा छ ,सिए सजिलो छैन।  कतिपय पनि मेहेनती र मेधावी बिधार्थीहरु पनि सिएमा फेल भएका छन् भन्ने पनि उनलाई थाहा छन् । सम्पन्न भन्छन् ,” मेहेनती बिधार्थी पनि फेल हुँदा त्यसले नराम्रो असर गरेको छ समाज मा।  त्यसै कारण पनि धेरैले सिए गाह्रो छ भन्छन् ” आईक्यान लाई नतिजाको प्रतिशत बढाउन सुझाव दिने सम्पन्न ब्यापार, ब्यबसाय वा लेखा सम्बन्धि काम गर्न र त्यस बारे विभिन्न खोज गर्न रुंचाउंछन्। नेपालगंज  निवासी सम्पन्न भन्छन ”  सिए नितिन गुप्ता , सिए एम के गुप्ता लगायतका सिएहरु मेरा प्रेरणाका स्रोतहरु हुन्।  आफु सिए पास मात्र होइन टप गर्न चाहाने बताउने उनी हाल १२ घण्टा दैनिक अध्ययन गर्छन। 

प्रतिक्रिया दिनुहोस्