
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- कन्सेप्ट किंगका रुपमा परिचित सिए रञ्जित कुमार यादवले चैतन्य सिएसँगको सहकार्य तोडेका छन् । सोमबार सिए सरोकारसँग कुराकानी गर्दै सिए यादवले व्यवस्थापनसँग विभिन्न खाले टकराव परेको भन्दै आफुले चैतन्य सिए छोडेको बताएका हुन् ।
‘विद्यार्थी भर्ना गर्ने बेलामा मेरो नाम लिएर आएका विद्यार्थीहरुलाई गरिएको डिस्काउन्टका बारेमा पनि कुरा मिलेन । सजिलोमा मलाइ वास्ता नगर्ने र अफ्ट्यारो ठाउँमा बीचमा मलाई मुछ्ने काम भयो । त्यहि भएर मैले चैतन्य सिएसँगको सहकार्य तोडेको छु ‘ सिए सरोकारसँग कुराकानी गर्दै सिए यादवले भने, ‘पहिलाको जसरी नै अव आइपीएकै क्लासलाई प्राथमिकता दिन्छु । तर म कुनै पनि रुपमा चैतन्य सिएसँग अव जोडिन्न ।’ सिए सरोकारसंग कुराकानी गर्दै उनले आफ्नो व्यवस्थापनसँग टकराव भएको बताएका छन् ।
चैतन्यका एमडीको यस्तो जवाफ !
यता चैतन्य सिएका प्रबन्ध निर्देशक रहेका गणेश जोशीले भने आफुलाई यस विषयमा थाहा नै नभएको भन्ने गैरजिम्मेवार जवाफ दिए । ‘रञ्जित सरले चैतन्य छोड्नुभएको भन्ने कुरा आयो, कुरा के हो ?’ भन्ने हाम्रो प्रश्नमा सुरुमा उनले सिए यादवले चैतन्यमा पढाइरहेको दावी गरे । ‘त्यस्तो होइन, सरले अहिले पनि पढाइरहनु भएको छ । कसले भन्यो तपाईंलाइ ?’ सुरुमा हामीसंग झुट बोल्ने प्रयास गरेका उनलाई हामीले सिए यादवसँग नै हामीले कुरा गरेको बताएपछि उनले भने, ‘अँ मलाइ त थाहा छैन त !’ हामीले पुन: रञ्जित सरले चैतन्य छोड्ने अनि चैतन्यका एमडीलाई यो कुरा थाहा नहुने पनि हुन्छ र ?’ भन्ने प्रश्न गरेपछि उनले भने, ‘अँ ! अव कसको कुन बेला मुड के हुन्छ ! भन्न सकिन्न, अँ ! तर मलाइ चाहिं थाहा छैन ।’
चैतन्यलाई गाह्रो हुने संकेत !
यसै पनि बजारमा धेरै सिए कोचीङ सेन्टरहरु बन्द भइरहेको परिस्थितिमा चैतन्य सिए टिक्ला त ? भन्ने प्रश्न उठेको थियो । रञ्जित यादव नै चैतन्यमा कुनै न कुनै रुपमा संलग्न छन् भन्ने कुराले चैतन्यले सिए कक्षाहरु बन्द नै चाहिं नगर्ला भन्ने धेरैको अनुमान पनि छ । तर यादवको बहिर्गमनले यसै पनि लोकसेवाले नै टिकेको चैतन्यले अव सिए कक्षाहरु चलाउला वा नाचालाउला भन्ने अर्को प्रश्न पनि उठेको छ । यसैपनि पछिल्ला आइक्यानका नतिजाहरुमा पनि खास दम देखाउन नसकेको चैतन्य सिएलाई अव गाह्रो नै हुने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्