Skip to content

‘समुन्नत देश, युवाको सन्देश’ भन्ने भावाना सहित चैतन्य सिए हिसान फेयरमा

‘समुन्नत देश, युवाको सन्देश’ भन्ने राष्ट्र निर्माणको भावना युवाहरुमा जागृत गर्दै चैतन्य सिए हिसान फेयरमा सहभागी भएको छ । हाल सिएको पहिलो तहमा भर्ना खोलेको चैतन्य सिएले  नेपाल बोर्ड अन्तर्गतको पहिलो तह र भारतीय बोर्ड अन्तर्गतको सिपिटिमा भर्ना लिइरहेको छ भने विद्यार्थीलाई सिए बनाउने अभियानसँगै सम्मुन्नत देशका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुनाले युवाको शक्तिलाई देश बिकासमा लगाउन उत्प्रेरणा दिने उदेश्यले   विभिन्न काम हरु गर्ने चैतन्य सिएका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले सिए सरोकारलाई बताए ।
‘एउटा विद्यार्थी सिए भएर मात्र हुँदैन, उसले सिए भएसँगै आफ्नो देश वा समाजलाई दिने योगदान पनि ठुलो हुन्छ । तयसैले युवामा भएको शक्क्तिलाई हामी देश विकासमा  लगाउने अभियानमा छौं ।’ गणेश प्रसाद जोशीले भने । उनी अगाडी भन्छन्, ‘ सिए अध्यापनसँगै विद्यार्थीको नेतृत्व बिकासमा पनि हामी जोड दिन्छौं ।चैतन्य ‘समुन्नत देश, युवाको सन्देश’ भन्ने राष्ट्र निर्माणको  भावना युवाहरुमा जागृत गराउने अभियानमा छ.’ उनले थपे । 
बिहिबारदेखि काठमाडौँमा सुरु भएको हिसान करियर फेयरमा पनि चैतन्य फरक किसिमले देखिएको उनले बताए । विनासकारी महाभूकम्पका कारण ढलेको राष्ट्रिय धरोहर धरहरालाई स्मरण गराउने तरिकाले धरहराकै प्रतिमूर्ति बनाएर चैतन्यले आफ्नो स्टल राखेको छ । जोशी अगाडी भन्छन्, ‘देशले गुमाएको एक महत्वपूर्ण धरोहरलाई फेरी बनाउने प्रयासलाई सांकेतिक रुपमा प्रस्तुत गरेका छौं । सबैले हाम्रो यो प्रयासलाई मन पराइदिनुभएको छ । ‘
चैतन्यले २ बर्षअघिदेखि सिएका विभिन्न तहको अध्यापन गराईरहेको छ भने लोक सेवाका तयारी कक्षा पनि संचालन गरिरहेको छ । कन्सेप्ट किंङका रुपमा बजारमा परिचित सिए रन्जीत कुमार यादवले पनि चैतन्यमा कार्यक्रम निर्देशकका रुपमा आफ्नो जिम्मेवारी बहन गरिरहेका छन ।    

प्रतिक्रिया दिनुहोस्