Skip to content

सीसीएमएबाट र्यांकसहित क्याप वानमा आधा दर्जन बढीको ‘डिस्टिङसन’, क्याप टु र थ्रीको नतिजामा पनि अब्बल !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- आइक्यानले गत जुनमा सञ्चालन गरेको परिक्षामा सीसीएमए कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । आइक्यानले बिगतमा लिएका अधिकांस परिक्षाहरुमा पनि राम्रो नतिजा निकाल्न सफल सिए इन्स्टिच्युट सीसीएमएले गत जुनमा आइक्यानले सञ्चालन गरेको परिक्षामा समेत १०औ र्यांकसहित समग्र नतिजा निकै नै उत्कृष्ट ल्याउन सफल भएको हो ।
सीसीएमएका प्रबन्ध निर्देशक दीपेश कुमार थपलियाले दिएको जानकारी अनुसार आइक्यानको परिक्षामा सीसीएमएका तर्फबाट निरोज राईले ८२% सहित १० औं र्यांक ल्याएका छन् आधा दर्जन बढी विद्यार्थीले विशिष्ट श्रेणीमा क्याप वान उतिर्ण गरेका छन् । यस्तै क्याप टुमा समेत सीसीएमएमा पढेका ८ जनाले दुवै ग्रुपमा पास गर्न सफल भएका छन् । यस्तै सीसीएमएमै अध्ययन गरेअका २ जना सिए क्वालिफाइड भएका छन् ।
बिगत लामो समयदेखि सिए शिक्षामा आफ्नो महत्वपूर्ण उपस्थिति देखाएको सीसीएमए विद्यार्थीहरुको रोजाईमा पर्ने सिए इन्स्टिच्युटहरुमध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्