
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले यसपाली पुन: करियर एक्स्पो गर्ने भएको छ । अत्याधिक विवादमा आएपछि गत बर्ष यो एक्स्पो नगर्ने निर्णयमा आइक्यान पुगेको थियो । यसपाली पुन: कक्षा १२का विद्यार्थीहरुलाई लक्षित गर्दै यो एक्स्पो हुन लागेको आइक्यानले जनाएको छ ।
आइक्यानका अनुसार यहि बैसाख ३१ गते नेपाल पुलिस क्लब भृकुटीमण्डपमा यो एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोमा आइक्यान र आइक्यानबाट सम्बन्धन प्राप्त संस्थाहरुको उपस्थिति रहने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्