Skip to content

पोखराका पोष्टल ‘सर्लक्कै’ पारेका विद्यावारिधिको चुनावी पोजिसन : अग्रीम बधाई दिँदा फरक पर्दैन तर काटिए आधा दर्जन भोट !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- विद्यावारिधि सिग्देल । सिए क्षेत्रमा मौन रुपमा निकै माथि पुगेका एक चार्टड एकाउटेन्ट । अहिले आफ्नै कन्सलटेन्सी बिजनेश । राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिको सदस्य पनि । एक कन्फिडेन्ट पात्र । नाम विद्यावारिधि । पढाइमा विद्यावारिधि नसकेको भएपनि आइक्यानको राजनीतिमा भित्र भित्रै झन्डै झन्डै एमफील सकेका रहेछन् उनले । कसलाई कसरी फकाउनुपर्छ भन्ने राम्रो ज्ञान भएका व्यक्ति । क्षेत्रीयतामा अब्बल र पोखरेलीको स्पेसल कनेक्सन । यिनै हुन् विशेषता विद्यावारिधि सिग्देलका । चुनावमा उनको जीत ‘स्योर शट’ नै छ । तर उनले आफ्ना केहि कोर भोटर गुमाएको खबर छ । 
काटिए नजिकका ६ कोर भोटर !
यसो त विद्यावारिधिलाई पोखराबाट राम्रो संख्यामा पोष्टल भोट आएको छ । पोष्टल भोटकै कारण पनि उनी जित नजिक पुगीसकेका छन् । यसै पनि काठमाडौँमै रहेका थुप्रै सिएहरुलाई उनलाई भोट हाल्न तयार भएर बसेका छन् । यसै पनि उनले चुनाव जित्नेमा कुनै शंका नै छैन । तर चुनाव हो । गत चुनावमा नील सारुले कसरि हारेका थिए भन्ने सबैलाई थाहा छ । सिग्देलको भोट यहि हिसावले घट्ने हो भने त त्यो सम्भावना पनि नरहला भन्न सकिन्न । विद्यावारिधि सिग्देल यो कुरामा चनाखो रहनुपर्ने आवश्यक छ । वाणिज्य बैंकमा रहेको एक भोट, पोखरेलीको एक भोट र नजिकका ‘दोस्त’ को एक भोट उनको अर्कैले टप्काइसकेको छ । यो कुरामा अलिमात्र होसियार हुने हो भने सिग्देलको जीत निश्चित छ । 

बैंकरको पनि राम्रो साथ !
उनी राष्ट्रिय वाणिज्य बैंकका संचालक समितिका सदस्य हुन् । त्यहि भएका कारण उनको संगत केहि बैंकरहरुसँग राम्रै छ । उनलाई बैंकरहरुले पनि राम्रो साथ दिएका छन् । उनका केहि बैंकवाला भोट महेश ढकालले लागेका छन् । तर पनि उनले जित्ने पक्का छ । यसै पनि उनको चुनावी तयारी अरुको भन्दा फरक तर खास राम्रो छ । उनका केहि अन्ध-भक्तहरु पनि बजारमा रहेछन् । पोखरेलीहरुमध्ये अधिकांसले त उनलाई जिताउने पर्ने भनेर लागेका पनि छन् । त्यसैले उनको जीत निश्चित छ । तर जसरी पछिल्लो १० दिनमा भोट काटिएका छन् चुनावको अन्तिम समयमा अझै बढी भोट काटिन सक्ने सम्भावना अझ बढी छ । उनी यो कुरामा चनाखो भए चुनाव जित्न उनलाई गाह्रो छैन । अग्रीम बधाई दिँदा पनि फरक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्