
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् बिनय प्रकाश श्रेष्ठ ?
चार्टड एकाउन्टेन्ट बिनय प्रकाश श्रेष्ठ आइक्यानका पूर्व कार्यकारी निर्देशक हुन् । तर आइक्यानमा रहंदा भ्रष्टाचारको आरोप लागेपछि आइक्यान काउन्सिलले उनलाई कार्यकारी निर्देशकमा निरन्तरता दिएको थिएन । उनी आइक्यानको कार्यकारी निर्देशक रहंदा, संस्थाको भवन निर्माण गर्दा अनिमियता गरेको,
हरेकजसो टेन्डरमा कमिसन लिएको, नियम विपरित सुचना ‘लिक’ गरेको, हल परिक्षामा नम्बर थपेर पास गर्ने गरेको, घुस लिएर ग्लोबल आइटि नामक कम्पनीलाई काम दिएको लगायतका विवादमा मुछिएका थिए । उनलाई यस्ता आरोप लागेपछि उनी आइक्यानबाट बाहिरिए । र उनका कतिपय प्रकरणमा अख्तियारसमेत जानु परेका आइक्यानका पूर्वअध्यक्ष प्रकाश लम्सालसँग पार्टनरशिपमा गए । पछी उनी ग्लोबल आइएमईको अडिट प्रकरणमा पनि मुछिएका थिए । चौतर्फी विवादपछी विवाद मिलाउन नसक्दा उनले सो बैंकको रिपोर्ट नै क्वालिफाइ गर्नुपरेको थियो ।
आइक्यानको इतिहासमै बिनय श्रेष्ठ अधिकांस सिएहरुका प्रिय कहिल्यै पनि बनेनन् । तर आइक्यानका विभिन्न प्रकरणमा साथ दिने पूर्व अध्यक्षहरुहरु उनको साथमा छन् । अहिले पनि सिनियरहरुको एकदम राम्रो सपोर्ट छ उनलाई । आइक्यानका केहि पूर्वअध्यक्षहरुले त आइक्यानमा बिनयलाई जिताउने ठेक्का नै मेरो हो भन्दै हिंडेका छन् । त्यसैले उनले चुनाव जित्ने सम्भावनालाई नकार्न सकिन्न ।
बिनय प्रकाश श्रेष्ठलाई भोट किन दिने किन नदिने ?
बिनय प्रकाशले आइक्यानको प्रशासन राम्रोसँग बुझेका छन् । यहि कारण पनि आइक्यानका समस्या उनलाई थाहा छ । आइक्यानका समस्याहरुको सम्बोधंग गर्न सक्ने हुनाले पनि उनलाई आइक्यानको काउन्सिल सदस्य बनाउनुपर्छ भन्ने तर्क धेरैको छ । आइक्यानमै बसेर काम गरेका उनलाई काउन्सिल सदस्यको पावरसमेत थाहा छ । भित्री कुरा पनि बुझेको र काउन्सिल मेम्बरको पावर पनि बुझेका हुनाले उनले राम्रो काम गर्न सक्छन् भन्ने तर्कसमेत धेरैको छ ।
तर, यस अघि उनीमाथि लागेका आरोपहरु पुष्टी भए कि उनले क्लिन चिट पाए ? अहिलेसम्म कसैलाई थाहा छैन । तर उनले त्यहि बेला पनि सो आरोपहरु खण्डन गरेनन, बरु आइक्यान छोडे । यसले पनि दालमा केहि कालो छ भनेर धेरैले बुझे । अझ कतिले त यतिसम्म भ्याएका छन् कि त्यो बेला जम्मा गरेको पैसा अहिले चुनावमा खर्च हुँदैछ ।
समग्रमा,
उनलाई आइक्यानका पूर्व अध्यक्षहरुको राम्रो साथ छ । उनले धेरैको भोट काटीपनि सकेका छन् । कतिपय उनका भोट पनि अरुले खोसेर लागिसकेका छन् । त्यसैले चुनाव जिते भने अन्तिम ३-४ तिर हो उनको अवस्था । हारे भने त सक्की गो !
प्रतिक्रिया दिनुहोस्