Skip to content

क्यान्डिडेट वाच-३ : यसअघि पनि काउन्सिलमा पुगेका सुरेन्द्र श्रेष्ठलाई भोट किन दिने ? किन नदिने ?

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् सुरेन्द्र श्रेष्ठ ?
यसअघि आइक्यान अलुमनाईका प्रतिधिन्तिव गरेर आइक्यानमा पुगेका र आइक्यान अलुमनाईकै अर्का उम्मेदवार छेत्रगोपाल प्रधानलाई हराउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका सिए पनि हुन् उनी । आइक्यानको आठौँ काउन्सिलमा पनि काउन्सिल सदस्य रहेका उनी यसपटक पनि चुनावमा उठ्दैछन । अर्थात आइक्यानको चुनावमा उनी पुन: उठेका हुन् । तर यसपाली पहिलाजस्तो उनलाई आइक्यानबाटै पास गरेका सिएहरुको साथ छैन । उनी हाल प्राक्टिसमा छन् ।प्राक्टिसमा रहेका सिए सुरेन्द्र श्रेष्ठको परिचय टिचर पनि हो  । आफ्नो काममा र पढाउने कुरामा पक्का देखिएका श्रेष्ठ राजनीतिमा भने कच्चा खेलाडी हुन् भन्ने लगभग पुष्टिजस्तै भईसकेको छ । बजारमा इमान्दार सिएको छवि बनाएका उनको सो छवि भने चुनावताका धमिलिएको थियो ।
सुरेन्द्र श्रेष्ठलाई भोट किन दिने किन नदिने ?
उनलाई चिन्नेहरु भन्छन्- नचिनेको जोगी भन्दा चिनेकै जोगी ठिक, यहि कारण सुरेन्द्र श्रेष्ठलाई भोट हाल्नुपर्छ । अर्काथरी सिएहरु भन्छन्, ‘जे भएपनि आइक्यानबाट सिए उतिर्ण गरेका छेत्रगोपाल, र सुरेन्द्र श्रेष्ठलाई चुनाव जिताउनुपर्छ । पोहोर दुईमध्ये एक हार्दा समस्या भयो । बजारले सन्तोष लम्साललाई प्रोडक्ट आइक्यानको तर गुट आइसीएआइवालाको रुपमा लिने हुनाले सुरेन्द्र र छेत्र दुबैले जित्नुपर्ने तर्क गर्छन् आइक्यानका सिएहरु पनि ।
तर उनले आइक्यानका साथीहरुलाई धोका दिएको चर्चा बर्षौं चल्यो । उनको इमान्दार सिएको छवि राजनीतिमा आएर दुई कुराले धमिलियो । एक-उनले छेत्रलाई हराउन भूमिका खेलेको प्रष्ट जस्तै भयो र अर्को भनेको उनी काउन्सिल सदस्य भईसकेपछी उनले आफ्ना मान्छेहरुलाई बिर्से । आइक्यान र आइसीएआइबीचको एमआरमा आइक्यानका सिएहरुलाई चित्त नबुझ्दा नबुझ्दै पनि उनले खासै भूमिका खेल्न नसकेको आरोप उनलाई लागेको छ । बजारमा उनी यतिसम्मको आरोप छ कि चुनाव जितिसकेपछि उनले कुनैबेला गुरु मानेकाहरुलाई पनि उनले बिर्से । आइक्यानको महत्वपूर्ण विषयमा उनले नोट अफ डिसेन्ट त लेखे तर आफ्नाहरुसँग सल्लाह गरेनन् भन्ने दुखेसो धेरैको छ ।
यसअघि उनले आफ्नो सम्भावनाको हिसाब गलत देखाएकै कारण छेत्र गोपाल प्रधानले चुनाव हारेका थिए । अहिले त्यहि भएर होला सायद, उनका धेरै भोट पनि काटिएका छन् ।
समग्रमा,
उनी पहिलाको जस्तै धेरै भोट उनले ल्याने सम्भावना कम छ । भलै उनले चुनाव नहार्ने भन्ने कुरा भने लगभग प्रष्ट छ । तर उनले बिगतमा जस्तै आफ्नो स्थिति कमजोर रहेको भनेर सहयोगको याचना गरिरहेका छन् । तर आइक्यानकै सिएहरु भन्छन्- अघिल्लो पटक सुरेन्द्रजीको हिसाबले मुर्ख बनियो, यसपाली सुरेन्द्रले लगभग चुनाव जितीसके अव छेत्रलाई साथ दिने हो ।

प्रतिक्रिया दिनुहोस्