
२-३ दिनको अन्तर्मनको लडाईंमा बेइज्जत हुने डरले नै जित्यो । र मैले ऐच्छिक गणित पढें । मैले ऐच्छिक गणित पढ्नु कुनै नौलो कुरो थिएन,पहिलो दिन थियो ऐच्छिक गणित बिषयको मलाई फिटिक्कै मन परेन। शायद मनलेनै नचाहेको भएर होला ४ बजे स्कुल छुट्टी भएपछी घर नगएर सिधै पुस्तक पसलमा गइ किताब साट्ने निधो गरें । यदी किताब साटियो भने अर्थशास्त्र लिने नासाटिए ऐच्छिक गणितनै लिने सोच बनाएं ।
किताबमा खोल नहाल्ने बानी भएकोले किताब नयाँ नै थियो । सुरुमा आनकानी गरेपनि अन्तत ऐच्छिक गणितसँग अर्थशास्त्र किताब साटिदियो । ठुलो युद्ध जितेकोजस्तो महसुस भयो । अर्को दिन जब ऐच्छिक गणित पढ्ने कक्षा आयो, म ऐच्छिक गणित पढ्ने ४ जनाको समुहमा नगएर बाँकी ३७ जनाको समुहमा गएँ अर्थशास्त्र पढ्न ।
अब भने स्कुलमा चारैतिर मेरै कुरा हुन थाल्यो फलानाले ऐच्छिक गणित नलगेर अर्थशास्त्र लियो रे, उस्को त एसएलसीमा अंक घट्नेभो ! केटो पागल भो… आदी आदी। अन्तत दिपक सर, जो बिज्ञान र गणित, ऐच्छिक गणित सबै पढाउनुहुन्थ्यो, उहाँले मलाइ बोलाएर सम्झाउनुभयो, गाली गर्नु भयो। मैले जसरी पनि बिज्ञान पढ्नुपर्छ र ऐच्छिक गणित लिनुपर्छ भन्नु भयो । मैले आँट गरेर भनें, ‘मलाइ डाक्टर वा इन्जिनियर बन्नु छैन । म कमर्श पढ्ने हो । अन्तत: मेरो जिद्दीले जित्यो । र उहाँले मन नपरेपनि मानेको जस्तो गर्नुभयो ।
नभन्दै एस.एल.सीमा ७५ अर्त्थशास्त्रमा अनि गणितमा ७२ ल्याए जो ऐच्छिक गणित लिनेकोभन्दा झन्डै दोब्बर थियो। अन्तत: ६९.२५% ल्याइ एसएलसी पास भइयो । नेपालगन्जको जय बागेश्वोरीबाट कमर्शमा पुन:११ र १२ मा ६९.२५% ल्याइ सिए पढ्न गएँ ।
दिल्लीमै हुँदा दिपक सरको पनि अचानक निधन भएको खबर सुनें । म सिए भएको हेर्ने खुब धोको थियो रे । आज पनि याद आउछ शायद त्यो दिन त्यो पुस्तक पसलेले कछा ९ को ऐछिक गणित किताबसँग अर्थशास्त्र किताव साट्न नमानेको भए।
प्रतिक्रिया दिनुहोस्